ल भन त
फलाम।
बराबर हुन्छ।
ए!
कुनै बेला यस्ता प्रस्न ले पनि जिल्लै पारिदिन्थयो।
अनि, आज सोध्न मन छ
मन को पिडा भारी हुन्छ कि एक डोको घाँस!
*एउटा लुगा सुकाउन ५ मिनेट लाग्छ, भने १० वटा लुगा सुकाउन कति मिनेट लाग्छ?
एकिक नियमको प्रस्न लाग्ने यि प्रस्न मा म भन्दथे
१०*५=५० मिनेट।
होइन ५ मिनेट नै लाग्छ नि।
हो क्यारे।
उनले ५ बर्षको प्रेम बिर्सन ५ मिनेट लगाइन भने
१ बर्ष को प्रेम बिर्सन तिमी कति समय लगाउछै!
*एउटा रूखमा १५ वटा चराहरू बसेका, छन एक सिकारी ले १ वटा चरा मार्यो भने कति बाकि होलान्?
१४ वटा
होइन, कोही बाकि रहेन्न, एउटा झर्यो बाकि उडे,
अनि तिम्रो एक तिखो वचन ले मनको हाँगा मा बसेका कति चरा मर्ए कति उडे!

3 comments:
Keep it up
Keep it up
ती उडेका चराहरू विश्वास, माया अनि भरोसा नदेखेर उडेका हुन्; डर त पछि लाग्छ, जब एकान्त मात्र बाँकी रहन्छ।
Post a Comment