Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

तिमी लाइ खोज्दा।।

 हेर।। 


तिम्रो वोली नसुनेको दिन

म सुन्न नस्कने हु। 


अनि लाइ नदेखेको दिन 

केहि देख्नन नसक्ने


तिमी ले नबोलाएको दिन त

म बोल्न नसक्ने हुन्छु।।


अनि तिमी लाइ नभेटेको दिन 

म नै कहाँ हुन्छु र।। 


उफ।।


१,२,३ सेकेन भन्दा भन्दै महिनै वित्छ तर तिम्रो खबर आउदैन। 


म हाँवा मा खोज्छु तिम्रो स्पर्श

बरको छहारीमा बसेर सिन्का ले तिम्रो नाम माटो मा खोस्रन्छु दिनभर। 

म दुबो टिपेर चढाउछु माईका मा 


 तर पनि।।


मलै चढाएको वेलपत्र बग्दै बग्दै बागमतीमा

 तिमी सम्म पुग्दैन। 


मैले पुकारेको मनका भावनाहरू

तिमी सम्म् सुनिदैन।


फेरी पनि।। 


सिमलघारी मा सुसेली हाल्दै

 तिम्रै गीत गाउछु। 


झरेका पातहरू बटुलेर तेहि बसि 

तिम्रै कविता कोर्छु। 


हरेक देवस्थानमा पुगि भेटि चढाउछु र 

तिमी लाइ नै माग्छु।


जब रात हुन्छ म त्यो जुन हेरी 

तिम्रै न्यास्रो मेटछु। 


भन्छै भने।।

तिम्रै नाम मा म जीन्दगी यसरी नै  कटाइदिन्छु।। 


तिमी नभए पनि 

तिमीलाइ म हरेक कणमा खोज्छु 


सिरसिर वहिरहने हावा मा

त्यो बगिरहने नदि मा

त्यो गुँरास फुल्ने वनमा 

  त्यो बादलहरू को देशामा 

मेरो मुटुमा।।।।


No comments: