मेरो हालखबर!
बादल लाग्नु, धुम्म हुनु र फेरी बेजोड़ सँग पानी पर्नु, हो त्यस्तै त्यस्तै छ मेरो हालखबर के हुदै छ त यार! मैले भनेको हुन सक्छु, यतिकै यार के गर्नु, तर भन्न नसकेको हो, उकालो वाटो मा, नाम्लो छिन्ने गरी बोकेको भरियाको भारी, हो तेस्तै तेस्तै छ मेरो पनि अवस्था। डाफेले हरियो रातो पखेटा फिजाएर रुखका बुटाबुटामा उड्छन, त्यस्तै हरियो पासपोट मा खैरो रंग का सपना बुनेर साथिहरू विदेसिएका छन। तिमी पनि बिदेस आउन अनिस ! उनले एक पल्ट सोधेको थिइन मलाइ, यही माटो मा सेता फुल फूलेको हेर्ने रहर छ अस्मिता भनेको थिए तर वनचक लागेको वटुवा हराए जस्तै तेस्तै तेस्तै भएको छ मेरो दिन चर्या, जुन संग को दुरी बढे पछि को रात फ़ोन खाट मा मिल्काए सुत्न थालेको छु झाउकिरी को एकहोरो ट्यारट्यार मात्र, हो त्यस्तै छ मेरो एकान्त को धुनहरू!