Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

मेरो हालखबर!

बादल लाग्नु, धुम्म हुनु र फेरी बेजोड़ सँग पानी पर्नु,

हो त्यस्तै त्यस्तै छ मेरो हालखबर 

के हुदै छ त यार!

 मैले भनेको हुन सक्छु,

 यतिकै यार के गर्नु,

तर भन्न नसकेको हो,
 
उकालो वाटो मा, नाम्लो छिन्ने गरी बोकेको भरियाको भारी, 

हो तेस्तै तेस्तै छ मेरो पनि अवस्था।

 डाफेले हरियो रातो पखेटा फिजाएर रुखका बुटाबुटामा उड्छन,

त्यस्तै हरियो पासपोट मा खैरो रंग का सपना बुनेर साथिहरू विदेसिएका छन।

 तिमी पनि बिदेस आउन अनिस !

उनले एक पल्ट सोधेको थिइन मलाइ,

यही माटो मा सेता फुल फूलेको हेर्ने रहर छ अस्मिता भनेको थिए 

तर वनचक लागेको वटुवा हराए जस्तै 

तेस्तै तेस्तै भएको छ मेरो दिन चर्या,

जुन संग को दुरी बढे पछि को रात

 फ़ोन खाट मा मिल्काए सुत्न थालेको छु

झाउकिरी को एकहोरो ट्यारट्यार मात्र,

हो त्यस्तै छ मेरो एकान्त को धुनहरू!

No comments: