हराएको पैसा
फनफने रोग पैसा हराउदा पनि लाग्ने रहेछ। कृष्ण फनफनी घुम्थ्यो अगाडी भित्रि चोर गोजी छाम्यो अह पैसा भेटेन। ५,१० भए पो ५ लाइ ०, ५० हराएको थ्यो। स्कुल पढ्ने केटो बजार जाने सुर ले हिडेको थ्यो तेसै फर्कने पर्ने भयो। अब उसको कपि र पेन पनि अाउने भएन। पैसा हराएको चोट ले रातो पिरो भएको भाको थ्यो। टाउँका को कपाल बसरी तानेर सोच्न थाल्यो पैसा, कँहा झरेको हुन सक्छ। मुख मिचेर रातै बनाएको थ्यो। घर बाट बजार ५ मिनेट को बाटो तर मान्छे को चहलपहल कमै थिए। झिनो अास हराएको पैसा भटाउने चिसो मन मा अागो को राप परे जस्तै भयो। जस्तो अाको तेस्तै फर्कने। तर घोप्टो मुन्टो लगाएर। अधि को जोश कहा थियो र उसमा। धरि खुट्टा ले ढुङ्गा पल्टाउथ्यो त कहिले धुलो पन्छाउथ्यो। मान्छे ले देख्ए के भन्दा हुन। पागल। सम्भवत पहिलो चोटि होला हरेक वस्तु नियालेर हेरेको। ढुङगा्, माटो, झारपात, किरा, पतिङगर तर पैसा भेटेन। यो पात को के मु्ल्य तर जावो कागजको टुक्क्रो पैसा। वरपर छरिएको कागज प्लास्टिक सबै फोहर मैला थिए तर पैसा। धोप्टिएर हिड्दा हिड्दा मुन्टै नढ्डिएला भन्ने डर ले मु्न्टो उचाल्लयो। हेर्यो अाकास निलो, चर्को धाम, हल्लका बादल का सेता धर...