Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

हराएको पैसा

फनफने रोग पैसा हराउदा पनि लाग्ने रहेछ। कृष्ण फनफनी घुम्थ्यो अगाडी भित्रि चोर गोजी छाम्यो अह पैसा भेटेन। ५,१० भए पो ५ लाइ ०, ५० हराएको थ्यो। स्कुल पढ्ने केटो बजार जाने सुर ले हिडेको थ्यो तेसै फर्कने पर्ने भयो। अब उसको कपि र पेन पनि अाउने भएन। पैसा हराएको चोट ले रातो पिरो भएको भाको थ्यो। टाउँका को कपाल बसरी तानेर सोच्न थाल्यो पैसा, कँहा झरेको हुन सक्छ। मुख मिचेर रातै बनाएको थ्यो। घर बाट बजार ५ मिनेट को बाटो तर मान्छे को चहलपहल कमै थिए। झिनो अास हराएको पैसा भटाउने चिसो मन मा अागो को राप परे जस्तै भयो। जस्तो अाको तेस्तै फर्कने। तर घोप्टो मुन्टो लगाएर। अधि को जोश कहा थियो र उसमा। धरि खुट्टा ले ढुङ्गा पल्टाउथ्यो त कहिले धुलो पन्छाउथ्यो। मान्छे ले देख्ए के भन्दा हुन। पागल। सम्भवत पहिलो चोटि होला हरेक वस्तु नियालेर हेरेको। ढुङगा्, माटो, झारपात, किरा, पतिङगर तर पैसा भेटेन। यो पात को के मु्ल्य तर जावो कागजको टुक्क्रो पैसा। वरपर छरिएको कागज प्लास्टिक सबै फोहर मैला थिए तर पैसा। धोप्टिएर हिड्दा हिड्दा मुन्टै नढ्डिएला भन्ने डर ले मु्न्टो उचाल्लयो। हेर्यो अाकास निलो, चर्को धाम, हल्लका बादल का सेता धर्का, हरिया रुख विरुवा सबै उस्का लागी मूल्य हिन थिए। पाखा मा फुल, फोकट मा फुलिरहेका थिए। संसार कति सस्तो छ। उस्ले देखेका वस्तुहरू कति सस्ता छन्। सोच्छ। खेत का गरा गरा मा झुलेका धान के यस्लाइ बेचेर पैसा कमाउन सकिन्नर। घर घर मा एक दुइ वटा गाइ भैसी थिए तिनले दुध दिन्छ। के पैसा नकमाएका होलान्न त। कुखुरा को चल्ला झन्डै कुल्चिएको। मान्छे ले कुखुरा पालेका छन्। मासु २०० रुपयाँ किलो छ। अाफ्नो घर मा पनि त ५ वटा बाख्रा छ। टक्क रोकिन्न्छ। छेउकै चैतारी मा बसेर अब उ हरेक वस्तु को मोल लगाउन खोज्छ। चिसो वतास चल्छ बिस्तारै उसको निधारमा खुम्चिएका धरसाहरु मेटिन थाल्छ। पैसा त भेटिदैन तर मनमा अनेकै प्रस्न भेटिन थाल्छ। उ अगिको जस्तो हतास मा देखिदैन। सायद पैसा भन्दा ठुलो मनमा जिज्ञासा भेटेको छ। ५० को नोटमा चितुवा भए जस्तै १० को मा हरिण भए जस्तै उसले वरिपरि गाइ, बाख्रा, चल्ला देखिरहेछ। त्यो कागज को टुक्रो त म पनि कमाउन सक्छु। अब घर गएर अामा लाइ भनेर एउटा बाख्रा म अाफै पाल्छु। चल्ला पनि किन्छु र पाल्छु पछि ठुलो कृषक बन्छु। मनमनै यस्तै कुरा बोकेर घर फर्कन्छ। कृष्ण।।।।।। ----CONTINEOUSLY-----

No comments: