Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

चुडिएका सम्बन्दहरू

Screen मा ‌औँला घिसार्दै गर्दा अनेकै परिदृस्य पछि तिम्रो तस्बिर देखा पर्दछ। 
Love react गर्न अगि सरेको औँला अनायासै रोकिन्छन। 
तिमी आँखा अगि मुसुक्क मुस्कुराइ रहेको देखिन्छै।
 Mobile screen मा जब तिम्रो तस्बिर ठोकिन्छ म एक तमास ले तिमी लाइ हेरिरहेको पाउछु।
 मन मा अनेकै प्रस्न काँडा उम्ररे जसरी उमरिन्छ।
 Geet  मा भन्या जस्तै तिमी दुख लुकाइ देखावटि हास् छै हो। 
कि तिम्रो २० sec. को अभिनय मात्र हो।
 म तिम्रो Tiktok I'd Search गर्न पुग्छु र देख्छु प्राय उदास लाग्ने Post हरू।
 समबन्दहरू चुडिएर मुन्टै निमोठिदा पनि......... 
Facebook को algorithm ले गजब गरिरहेको हुन्छ र उन लाइ खोजेर टुपलुक्क लयाइदिन्छ।
 यदि Facebook हुन्थेन त म उसलाइ उहिल्यै बिर्सिसकेको हुन्थे होला।
 तस्बिर च्यातेर वा जलाएर फालदिसक्थे हुला। यसरी दिन मा १०।१२ चोटि block unblock गरेर बस्दिन्थे हुला।
 पहिलाको भन्दा दुबलाएको उनको ज्यान। कुर्ता सुरूवाल बिरलै लाउथिन। रातो अनारकली कुर्ता मा कति सहाएको भन्न मन थियो। सोधन म थियो झरि परेको साझ तिमी र म रूझदै चयावेको गल्लिहरू डुलेको। 
मलाइ त्यो रात १०२ डिग्री आएको। तिमी रोएको। आदि सम्झनाहरू।
 कपाल लामो पारेको रहेछै। कुनै बेला तिमी सँग हरफ का हरफ कुरा हुन्थयो।
 खाना खायै त। ९ बजि सकेछ सायद खाइ सक्यै भन्ने reply गर्दथ्यै। कि अचेल ढिलो खाने गर्दछै। 
यतिका बर्ष के कति प्रगति गर्यै । तिमी bio मा खासै update गर्नी रहिन्छै जस्तो थियो पहिला तेस्तै देख्ए।
 Number फेर्यै कि तेहि पुरानो छ। Balance थियो तर साहास थिएन। 
धेरै पछि हो तिम्रो बारे १।२ हरफ लेखेको तर तिमी सुन्नी नभएपछी मज्जा नआउने रहेछ। 
कहिले काँहि Facebook मात्तिदा र Tiktok ले जिस्काउदा
 खिसिक्क हास्छु र एक फेर फेरी पर हुत्तयाइदिन्छु।

No comments: