Posts

Showing posts from November, 2023

गाँउमा म गएको छैन।

Image
सिमल का भुवाहरू बतासले उडाउदा तिम्रो केस मा टासिन्थ्यो  म तिमी लाइ कति सुहाएको भन्दथ्य र अझ घन्टि फुल केस मा सिउरि दिन्थ्य,  तिमी साथि फिल्मको करिस्मा मान्दर देखिन्थयै।  तिमी तिम्रो प्यारी मुने लाइ घास काटेर फरकिन्थै र सुरुवाल भरी लागेको कुरो देखाउदथ्यै, र हामी चैरमा गफ गर्दै साँझ सम्म कुरो टिपेर बस्दथ्यम।  म कुमार सर को बारीको अम्बा टिपेर ल्यादथ्य, तेसो गर्न तिमी ले नै अह्राउदथ्यै। अम्बा को गेडा दात मा अडकिन्थ्यो र मै सँग रिसाउदथ्यै। No, I am sorry! तिमी मुन्टो हल्लाइ हल्लाइ भन्दथेउ, म तिम्रो दुबै गाला समाति मानन भन्दथे,  र हामी साइकल मा खोला पारी मेला हेर्न जान्थेम।  अन्टि सविना कता छिन्। भित्र छे होली, तिमी बेड मा पल्टिएर मधुपर्क पढिरहेको थियै, टेबल मा साप्ताहिक र नोटहरू थिए र, तिमीलाइ असिन पसिन भएको देख्यथिए, मलाइ अगिल्ल तिर देख्नन साथ तिमी मेरो छातिमा टासिएर रून थाल्यै। यसरी मेरो अँगालो मा तिमी कहिल्यै बाधिएको थिएनै।  तिमी जरो लाग्या बिरामी जस्तो भएथियै, तिमी ले बेरेको हात मैले फुतकाउन सकिरहेको थिइन। तिम्रो पसिना को छाप ले म पनि अधा भिझिसकेको थ...

दिनहरू उस्तै होलान

Image
दिनहरु उस्तै होलान।  जस्तो कि घाम चर्को लाग्ने गर्दथ्यो, हामी बरको छाहारी मा सुस्ताउदथ्यै।   झरी दिनभर पर्दा, हामी साझ अबेर सम्म कर्रा पुल मा हुन्थिएम,  हाबा बेसरी चल्दा तिम्रो सल उडाउदथ्यो, म भुइ बाट टिपेर तिमी लाइ लगाईदिन्थे।  रात मा करोडै ताराहरू माझ जुन उदाउदथ्यो,चोर औँलाले देखाउदै भन्दथ्य,  हेर त क्या दामी। तर तिमी भन्दा अलिकति कम,  जुनकिरीहरू तिहार को बत्तिझै झिलिमिली बल्दथ्य।  म टिपेर हात मा लिन्थे र तिमी लाइ दिन्य।  अचेल त, घाम नलागी रात पर्छ र फेरी रात नपरी घाम लाग्ने गर्दछ।  हावा पनि उदासी रूख मा पातहरू हलाउदछ, र निबुवा का अमिलो यादहरू सम्झाउदछ।  राप्ती बगरमा भुमरी पर्दा उडेको बालुवा अचेल मनमा उडद्छ।   र कर्कस स्वरहरू मात्र सुनिन्छन कोयली ले अन्तै गुड बनाए पछि।