दिनहरु उस्तै होलान।
जस्तो कि घाम चर्को लाग्ने गर्दथ्यो, हामी बरको छाहारी मा सुस्ताउदथ्यै।
झरी दिनभर पर्दा, हामी साझ अबेर सम्म कर्रा पुल मा हुन्थिएम,
हाबा बेसरी चल्दा तिम्रो सल उडाउदथ्यो, म भुइ बाट टिपेर तिमी लाइ लगाईदिन्थे।
रात मा करोडै ताराहरू माझ जुन उदाउदथ्यो,चोर औँलाले देखाउदै भन्दथ्य,
हेर त क्या दामी। तर तिमी भन्दा अलिकति कम,
जुनकिरीहरू तिहार को बत्तिझै झिलिमिली बल्दथ्य।
म टिपेर हात मा लिन्थे र तिमी लाइ दिन्य।
अचेल त,
घाम नलागी रात पर्छ र फेरी रात नपरी घाम लाग्ने गर्दछ।
हावा पनि उदासी रूख मा पातहरू हलाउदछ, र निबुवा का अमिलो यादहरू सम्झाउदछ।
राप्ती बगरमा भुमरी पर्दा उडेको बालुवा अचेल मनमा उडद्छ।
र
कर्कस स्वरहरू मात्र सुनिन्छन कोयली ले अन्तै गुड बनाए पछि।

No comments:
Post a Comment