Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

गाँउमा म गएको छैन।

सिमल का भुवाहरू बतासले उडाउदा तिम्रो केस मा टासिन्थ्यो 
म तिमी लाइ कति सुहाएको भन्दथ्य र अझ घन्टि फुल केस मा सिउरि दिन्थ्य, 
तिमी साथि फिल्मको करिस्मा मान्दर देखिन्थयै।
 तिमी तिम्रो प्यारी मुने लाइ घास काटेर फरकिन्थै र सुरुवाल भरी लागेको कुरो देखाउदथ्यै, र हामी चैरमा गफ गर्दै साँझ सम्म कुरो टिपेर बस्दथ्यम।
 म कुमार सर को बारीको अम्बा टिपेर ल्यादथ्य, तेसो गर्न तिमी ले नै अह्राउदथ्यै। अम्बा को गेडा दात मा अडकिन्थ्यो र मै सँग रिसाउदथ्यै। No, I am sorry! तिमी मुन्टो हल्लाइ हल्लाइ भन्दथेउ, म तिम्रो दुबै गाला समाति मानन भन्दथे, 
र हामी साइकल मा खोला पारी मेला हेर्न जान्थेम।
 अन्टि सविना कता छिन्। भित्र छे होली, तिमी बेड मा पल्टिएर मधुपर्क पढिरहेको थियै, टेबल मा साप्ताहिक र नोटहरू थिए र, तिमीलाइ असिन पसिन भएको देख्यथिए, मलाइ अगिल्ल तिर देख्नन साथ तिमी मेरो छातिमा टासिएर रून थाल्यै। यसरी मेरो अँगालो मा तिमी कहिल्यै बाधिएको थिएनै। 
तिमी जरो लाग्या बिरामी जस्तो भएथियै, तिमी ले बेरेको हात मैले फुतकाउन सकिरहेको थिइन। तिम्रो पसिना को छाप ले म पनि अधा भिझिसकेको थिए। तिम्रो रफतार को मुटुको धडकन र तिमीले लामो लामो सास फेर्दा मै तर्रसिएको थिए। एक अमखरा पानी पिए पछि तिमी शान्त भयै र स्कुल को नोट टबलमा छोडि म फर्किए। 
छुटिने बेला, अन्टिको हात समाइ भनेको थिए यत्रो बर्ष त पाल्नु भयो, अब २ बर्ष पर्खिदिनुस, म सबिना सँग् विहे गर्दछु।
 तिम्रो अन्तै विहे भएको खबर सुने पछि म गाँउ गएको छैन्। घरको कर ले गर्यै कि तिमी ले नै रोज्यै बुझन् सकेको छैन्।

No comments: