Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

गाउँ खोज्न जाँदा

            जब गाउँ छोडियो, तब गाउँमा बाटो आयो 

       खोला तर्ने पुल बन्यो, बाटोमा कालोपत्रे पोतियो ।

   र बाटो पिच बन्यो। बोर्डिङ गरी पानी आयो,  बिजुली बत्ती,नेट आयो वाइफाई आयो।

 स्कुलमा बाँसको टाटी थियो। कक्षा कोठा पुराना थिए।

 अहिले बिल्डिङ बने 

 जब गाउँ छोडियो 

 म गाउँमा हुँदा स्वामीको रुख थियो,जहाँ चारै दिशाबाट बाटो आएर रोकिन्थ्यो र बोटको झरेको गेडा भुई भरि हुन्थ्यो। 

 बजार जाँदै गर्दा ठूलो बर को रुख र चौतारो छेउमा उत्रै पिपलको रुख,

 बाटोको पाटामा,  आपको को कोयामा हाली बजाउने पत्ताको बोट,  पहेलो लहरे लहरा भएको झ्याङ,
 
 गाउँ चाँडै छाडियो कि विकास ढिला आयो खै! परिवर्तन यसरी भए,

 मेरो गाउँ खोज्न अब मन मस्तिकमा छाम्नुपर्छ। भूगोलमा भेटिँदैन!

1 comment:

Anonymous said...

Love it