मन काे आयतन

म खाट मा पल्टिरहे छु, हात मा ल्यापटप छ, दुइ धुडा काे बिच उडिएकाे छ । blog login गर्छु । अब त बादल पनि रित्तिनु पर्ने, कति पर्न सकेकाे, साँझ महादेब स्थान छेउ, चिया काे चुस्की लिदै किर्तन सुन्नु काे मज्जा छुट्टै हुन्थयाे। तर आज पनि गइयन । किताबहरू खाटमा बर्गेलित छरिएका छन् । मलाइ पाप लाग्छ कि, खुट्ट सार्दा किताब लाइ छुन्छ र हत्पत ढाेग्छु । र आफ्नै कल्पना मा धाेतलिन्छु । बादल बाट ओर्लेर जाेर परेवा पल्काे घरकाे बलेसी मा बस्य । निधुक्क भिझेका थिए । यिनकाे पनि बास बस्ने बेला भएछ । भाले परेवा धुर्न थाल्छ, शान्तिकाे प्रतिक पनि कति धुर्न सकेकाे । रात झयाल बाट हाम फालेर काेठा भित्र झिरीसकेछ, म ढाेका निरकाे switch on गर्छु, र पुन: रात, कुचाे ले धुलाे बडाले जस्तै बडरिन्छ । मन मा सन्ननटा छाएकाे छ । माया काे दियाे तिमी ले फुकेर निभाइदियाै । जसरी हावाकाे झाेकाले निभाउछ । तेस्तै, ...