मन काे आयतन
![]() |
म खाट मा पल्टिरहे छु, हात मा ल्यापटप छ, दुइ धुडा काे बिच उडिएकाे छ । blog login गर्छु ।
अब त बादल पनि रित्तिनु पर्ने, कति पर्न सकेकाे, साँझ महादेब स्थान छेउ, चिया काे चुस्की लिदै किर्तन सुन्नु काे
मज्जा छुट्टै हुन्थयाे। तर आज पनि गइयन । किताबहरू खाटमा बर्गेलित छरिएका छन् । मलाइ पाप लाग्छ कि,
खुट्ट सार्दा किताब लाइ छुन्छ र हत्पत ढाेग्छु । र आफ्नै कल्पना मा धाेतलिन्छु ।
बादल बाट ओर्लेर जाेर परेवा पल्काे घरकाे बलेसी मा बस्य । निधुक्क भिझेका थिए । यिनकाे पनि बास बस्ने बेला
भएछ । भाले परेवा धुर्न थाल्छ, शान्तिकाे प्रतिक पनि कति धुर्न सकेकाे ।
रात झयाल बाट हाम फालेर काेठा भित्र झिरीसकेछ, म ढाेका निरकाे switch on गर्छु, र पुन: रात, कुचाे ले धुलाे
बडाले जस्तै बडरिन्छ ।
मन मा सन्ननटा छाएकाे छ । माया काे दियाे तिमी ले फुकेर निभाइदियाै । जसरी हावाकाे झाेकाले निभाउछ । तेस्तै,
तस्तै, सिमल का सेता भुवा, हावाले उडाएर ल्याउथ्याे र तिम्राे केश मा टासिन्थ्याे, धास काट्दा कुराहरू तिम्राे
कुर्था मा लाग्दथ्य । तिमी एक डाकाे धास लिइ र म गाइ र भैसी काे बथान लिइ घर फर्कन्थए ।
Christopher Nolan काे Inception film नबुझेर दाेर्हराएर हेरे थिए । आँखामा पुराना तस्विर र सम्झना
फटाफट आउछन, म तिन लाइ पछ्याउन थाल्छु । र उतै हराउछु ।
It's easy to stand in the crowd but it takes courage to stand alone. - Mahatma Gandhi.
साहस काे बाध । China काे Thee George Dam, संसार काे सबैभन्दा ठुलाे ड्याम, याे भन्दा ठुलाे ड्याम
बनाउन सकिदैन र, खैर अहिले यहि छ । म यहि मनकाे बाध कसिलाे गरी बाध्छु ।
ट्रेर्न छुटेकाे यात्री , जस्ताे कि एक्लै पलेटफर्म मा उभिरहेकाे । अर्काे ट्रेर्न कुर्दै गर्दा रात पर्न थाल्छ र छटपटि
हुन्छ । ट्रेन काे साइरन बज्छ । गन्तब्य विना काे ट्रेर्न चढ्न राजी हुन्नुपर्छ । ट्रेन सम्झिदा,
राज ट्रेनकाे डन्डि समाएर हात दिन्छ र सिम्रन दैडिदै ट्रेर्न चड्छिन । ddlj काे climax scene , जा सिम्रन जिले
तेरी जीन्दगी । सम्झिन्छ ।
अरबी लाइ मरभुमी मा मृर्गतिष्णा भए जस्ताे आँखा अगिल्तिर पानी काे कुवा देखिन्छ तर जति पछ्यायाे उति पर
पर देखिन्छ। र प्यास ले हायलकायल हुन्छ । कति सपना यहि मृर्गतिष्णा हुने त हाेइन ।
उहिले गाँउमा बिस्कुन सुकाउदा , म वाँसकाे लट्ठि लिइ रूगन बस्थेय । तर कति बेला शाहरूग, भगेरा, परेवा
गएर बिस्कुनमा बस्थेय थाँहै पाइदैन थियाे, र तिनले छरपस्ट पार्दिन्थ्याे, अहिले सम्झनाहरू तेस्तै छरपस्ट छन् ।
साँझ घरकाे आँगन मा झयाउकिरी उड्छन तेस्तै मन मा कुराहरू पनि । क्यानाडाकाे Queen university काे
एक अनुसन्धान ले प्रति मिनेट ६.५ विचार मानिसकाे मन मा आउने गरेकाे र यसरी गन्दा दिन मा ६२००
विचारहरू हुने गरेकाे देखिन्छ।
मानिस अनेकाै विचार मा रूमलिन्छ । म पनि यसैमाअल्झिरहेछु, र कनिका निफने गरी विचार लाइ निफन्दै
वल्गमा लेख्दैछु ।
Comments
aba tyo akha le naya sapna ko parikalpana garna thalnuparcha