Posts

Showing posts from November, 2024

भंगेरा एक्सटेन।

Image
 Do you know? These birds aren't seen nowadays. #Childhoodmemories!  फेसबुक स्क्रोल गर्दै थिए, झट्ट देखे, IDK पेज मा।   पोस्ट पढेपछि कमेन्ट हेरे। धेरैको प्रतिक्रिया उस्तै थिए। पहिला धेरै हुन्थ्यो, रेडिएसनको कारण ले, आदि इत्यादि  घेरै मिश्रित रियाक्ट, मलाई भने त्यो पोस्टले साँच्चै बाल्यकाल पुर्‍याइदियो। अं, मैले भंगेरोलाई कहिले देखेको थिए, लास्ट टाइम। म सम्झिन खोजे, सम्झनामा आएन।   डिसेम्बर २५ मा फिल्म चल्दैछ नि! कस्को। अः । त्यो हिरो छ नि। हो, केही कुरा सम्झन खोजिन्छ, ठ्याक्कै दिमागबाट बिलाउँछ।   मलाई मात्र यस्तो हुन्न होला। खैर। भँगेरा नदेखेको त धेरै भएछ। भंगेराको पोस्टले आफ्नै बाल्यकाल सम्झना गराइदियो।  स्क्रीनको सिरानमा मेसेज आएको देखे, उसले चिया खान जाम भनेको रहेछ, हुन्छ यार। मैले रिप्लाई गरे। साँझको समय, हामी केटाकेटी स्कुल छुट्टीपछि मेलको अगाडि चौरमा खेलिरहेको हुन्थेँम। डन्डी बियो, कहिले लुकिडुम, कबड्डी।  बच्चाहरू त्यस्तै त हो। हल्ला गर्ने, कहिले कसको, कोसँग झगडा पर्छ।  साँझमा चराहरू पनि हाम्रो घर आँगनचौरमा आउँदथे। ध...

कुराहरू ।

Image
हुनसक्छ, सोचेको कुरा पूरा नहोला । तर सोच्नै छोड्नु त पक्कै हुन्न होला।   ८४ हजार जुनि पछिको मान्छेको जुनी हो रे ! बुढापाकाले भनेको सुनेको थिए।  मान्छेको जुनी पाउन ८४ हजार जुनि काट्नुपर्यो होला त ! मलाई त तेसो लाग्दैन।  मान्छेको जुनीको महत्व दर्साएको हुनसक्दछ ।  मान्छेको जुनी त्यत्तिकै सार्थक छ र !  बुद्ध हुन त मान्छे हुनै पर्‍यो नि तर हिटलर पनि त मान्छे नै हो।  अल्बर्ट आइन्स्टाइनले यसो भन्छन्। Imagination is the great power than intelligent.  म पनि इम्याजिन गर्दैछु। मानिस भएर जन्मिनु कतिको सार्थक छ।  म गहिरो चिन्तनमा पुग्छु।  वतासले उडाएर ल्याएको कागज, भुईबाट उठाएर हेर्छु। लेखिएको हुन्छ, ok leave it.  महादेव स्थान परिसर मा पिपलको बढेमानको रुख छ। म त्यही छेउको बेन्चमा अडेस लगाएर बसेको छु। अनगिन्ती कुराहरू सोच्दैछु।  मान्छेको जुनी समस्या नै समस्याले अल्झिएको हुन्छ। कतै पढेको थिए, Problem is envitable but what problem you want, you can decide. त्यस्तै त होला सायद।  प्रियसीको ओठ चुम्न नपाएका ओठहरू, चुरोटका ठुटाले जलेर काले भएक...