Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

कुराहरू ।

हुनसक्छ, सोचेको कुरा पूरा नहोला । तर सोच्नै छोड्नु त पक्कै हुन्न होला। 
 ८४ हजार जुनि पछिको मान्छेको जुनी हो रे ! बुढापाकाले भनेको सुनेको थिए। 
मान्छेको जुनी पाउन ८४ हजार जुनि काट्नुपर्यो होला त ! मलाई त तेसो लाग्दैन।
 मान्छेको जुनीको महत्व दर्साएको हुनसक्दछ । 
मान्छेको जुनी त्यत्तिकै सार्थक छ र ! 
बुद्ध हुन त मान्छे हुनै पर्‍यो नि तर हिटलर पनि त मान्छे नै हो। 

अल्बर्ट आइन्स्टाइनले यसो भन्छन्। Imagination is the great power than intelligent.

 म पनि इम्याजिन गर्दैछु। मानिस भएर जन्मिनु कतिको सार्थक छ।
 म गहिरो चिन्तनमा पुग्छु।

 वतासले उडाएर ल्याएको कागज, भुईबाट उठाएर हेर्छु। लेखिएको हुन्छ, ok leave it.

 महादेव स्थान परिसर मा पिपलको बढेमानको रुख छ। म त्यही छेउको बेन्चमा अडेस लगाएर बसेको छु। अनगिन्ती कुराहरू सोच्दैछु। 

मान्छेको जुनी समस्या नै समस्याले अल्झिएको हुन्छ। कतै पढेको थिए, Problem is envitable but what problem you want, you can decide. त्यस्तै त होला सायद। 

प्रियसीको ओठ चुम्न नपाएका ओठहरू, चुरोटका ठुटाले जलेर काले भएका हुन्छन्। धोका पाउनेको त मनै जलेका पनि हुन्छन् होलान् । 
सामुन्नेको पसलमा चिया र चुरोट क्रमैसँग पिउँदै गरेको एक २४,२५ वर्षीय ठिटो हुन्छ।
 मानिस मनको पीडा भुलाउन अनेक गर्छन। म पनि आफ्नो नैरस्यतालाई भुलाउन, आफै कल्पनामा हराउँदै छु। 

असफलतालाई मेट्न दृढ सङ्कल्प गर्दैछु। 
मानिस एक ठाउँमा पुगेपछि थाक्छ, विश्राम खोज्छ। 

केही समय पहिले क्याफेमा साथीसँग यसै विषयमा कुरा भएको थियो। के भगवान हुन्छन् त ! 

सन् १९९० को दशकमा क्यापिटलिस्ट र सोसिलिस्ट मध्ये कुन उत्तम प्रणालीभन्ने ठूलो बहसको विषय थियो। शीत युद्धको समाप्ति पश्चात् आज प्राय: सबै मुलुक क्यापिटलिस्टलाई विश्वास गरेको पाइन्छ। 

माग र आपूर्तिले नै हो बजार नियन्त्रण गर्ने । जुन लिबराइजेसन र ग्लोबलाइजेसनबाट सम्भव छ।

 तर यस्तै बहसहरूमा नास्तिक र आस्तिक बीच रहेको छ। 
मोबाइल हेरे, ३ बजिसकेको थियो। स्कुल, अफिस कार्यालयको नियमित समय सकेर फर्कँदै थिए। 
साधारणत शान्त रहने ठाउँ, मानिसको आवाज मिसिँदै थियो। बाहिर चहलपहल बढ्दै गर्दा म भने, मनभित्रै धोतलिँदै जान थाले।

 भगवानलाई अन्तिम साहसको रुपमा लिन्छन् असफलताहरु पछि पनि एकदिन सफलताको आश राखेको हुन्छन। सायद तेहि भएर भगवान सम्झिन्छन्।

 २१औँ शताब्दीका वैज्ञानिक स्टेफेन हकिङस भन्छन् There is no god. सायद ठिक होला। कुरा यतिमै सिमित होला र! मानिस जैविक प्राणी भएतापनि कल्पनाशील सृजनशील र इमोसनल पनि छ। 
साथीलाई लाग्छ, भगवान मान्ने कायरहरु ले हो। 

चिसो हावा चल्न थाल्छ। मन्दिर परिसर मा बच्चाहरू खेल्दै गरेको बल मेरो खुट्टानिर आउँछ। म टिपेर दिन्छु। ब्याटिङ गर्ने बच्चाले बल फेरि टाढा पुर्‍याइदिन्छ।

 यही पिपलनिर बसेको पनि एक घण्टा नै हुन लागेछ। मलाई भगवानको दर्शन गरेर रूम फर्किन मन लाग्छ।

No comments: