Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

भंगेरा एक्सटेन।

 Do you know? These birds aren't seen nowadays. #Childhoodmemories! 

फेसबुक स्क्रोल गर्दै थिए, झट्ट देखे, IDK पेज मा।  

पोस्ट पढेपछि कमेन्ट हेरे। धेरैको प्रतिक्रिया उस्तै थिए। पहिला धेरै हुन्थ्यो, रेडिएसनको कारण ले, आदि इत्यादि


 घेरै मिश्रित रियाक्ट, मलाई भने त्यो पोस्टले साँच्चै बाल्यकाल पुर्‍याइदियो। अं, मैले भंगेरोलाई कहिले देखेको थिए, लास्ट टाइम। म सम्झिन खोजे, सम्झनामा आएन। 

 डिसेम्बर २५ मा फिल्म चल्दैछ नि! कस्को। अः । त्यो हिरो छ नि। हो, केही कुरा सम्झन खोजिन्छ, ठ्याक्कै दिमागबाट बिलाउँछ। 

 मलाई मात्र यस्तो हुन्न होला। खैर। भँगेरा नदेखेको त धेरै भएछ। भंगेराको पोस्टले आफ्नै बाल्यकाल सम्झना गराइदियो। 

स्क्रीनको सिरानमा मेसेज आएको देखे, उसले चिया खान जाम भनेको रहेछ, हुन्छ यार। मैले रिप्लाई गरे।


साँझको समय, हामी केटाकेटी स्कुल छुट्टीपछि मेलको अगाडि चौरमा खेलिरहेको हुन्थेँम। डन्डी बियो, कहिले लुकिडुम, कबड्डी। 

बच्चाहरू त्यस्तै त हो। हल्ला गर्ने, कहिले कसको, कोसँग झगडा पर्छ। 

साँझमा चराहरू पनि हाम्रो घर आँगनचौरमा आउँदथे। धेरै त भगेरा! चिरबिर चिरबिर! 

गोधुली साँझमा डोकोभरि घाँसको भारी बोकी छिमेकी अन्टी, भाउजुहरू आउँदै हुन्थे।

साइकिलमा को कता कुदेको हुन्थ्यो।

वातावरण एकदम गुञ्जनमान।

 क्षितिज पर आकाशमा घाम पोखिएर पहेँले भएको हुन्थ्यो। 

हाम्रो छिमेकी, पराजुली बुढी आमा थिइन्। बत्ती काट्थिन, कहिले दुना टपरी बुन्दथिन। 

उनले सुनाएको एक कथा याद आउँछ।

सबै चरा हिड्न सक्छन् तर भंगेरा किन नहिडेर उफ्रन्छ।


एकदिन चराहरूबीच घमासान युद्ध हुन लागेछ,

तर भगेरोले चाहिँ आफ्नो टिमलाई धोका दिएकाले उसले सराप पाएछ। त्यसैले हिँड्न नसकेर उफ्रेको यस्तै यस्तै थियो कथा पुरै त याद भएन। खैर।


उनले एकदिन चरा मार्ने मान्छेले थापेको जाली च्यातचुत पारेर फालेको थिइन्। र त्यो बल्छीवालालाई हप्काएर पठाएकी थिइन्।


भगेरेको पोस्टले मलाई बाल्यकालमै पुर्याउँला भन्ने त थिएन।

तर चराचुरुङ्गी साँच्ची हराउँदै गएका हुन् त! 

 पहिला परेवाभन्दा धेरै त भंगेरा हुन्थ्यो, भने आज भंगेरा देखिँन छोड्यो।


हाम्रो पाँच कक्षाको किताबमा भगेरको कविता थियो। भँगेरा र भंगेरी कुरा गर्छन् कसरी, चिरचिर गर्छ भंगेरा चुरचुर गर्छ भगेरी।


मैले सर्च गर्न क्रोम खोले र गुगल गरे। वाई सडेनली एस्प्यारो हयाभ बिन डिसएपियर, इज एनी रिजन। 


अवियुसली, सहरीकरण,हावा प्रदूषण, पेस्टिसाइड क्लाइमेट चेन, इन्सेट डिक्लाइन ।

तथ्याङ्क हेर्दा, लास्ट टेन इयर्समा ८० % भँगेरा डिक्लाइन भएको रहेछ।


संसारको सबै ठाउँमा पाइने चरा भगेरो यसरी एक्सटेन


हुन्छ भन्ने त लागेको थिएन। आकाश नै सुनसान हुने गरि।


कारण विविध रहेका छन्। अन्य धेरै चराचुरुङ्गी जीव एक्सटेन भएका छन् पछिल्ला दशकमा।


हाम्रो बाल्यकाल सम्झाउने, त्यो गाउँ, पिपल, चराचुरुङ्गी त्यो सल्लाहघारी, न्याउरीमुसा बिस्तारै हराउँदै जाँदा के हाम्रो अस्तित्व मात्र बाँच्न सक्छ होला र! 


चिया भनेपछि धेरैबेर घोत्लिएर लेखिरहन सकिन । र म क्याफे निस्कन तयार भए। 







1 comment:

Anonymous said...

They will come back brother don’t worry. Everything will be fine one day