Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

जीन्दगी...!


 

 सपना

पधेरो जाँदा खरी ढुङ्गामा चिप्लिएर खेरा गएको कुसुमको गर्भ

 जडिया पोइले कोखै कोखमा भकुरेर तुहाइदिएको साइलीको गर्भ


 माया 

 दैलोमा ठेस लागेर उक्किन लागेको बुढी औलाको नङ

 माघ फागुनमा जाडोले फुटेका  हत्केला र फुस्रा औँलाहरू

 आफन्त 

बुढीआमाले दूध उमाल्दै गर्दा यसो आगो झोसु भन्दा उम्लिएर पोखिएका

 हत्केलाका रेखाभन्दा गहिरा साउनमा झरी नपर्दा चिरा परेका खेतका गराहरू 


 सम्झनाहरू 

 घरको दलिनमा ठोकिएर पुरपुररोमा उठेका टुटुल्का 

 पेन समात्नै नसक्ने गरी कुमार सरले पिटेको हातका डोब


 साथी

बच्चा बेला खुसीले दौडिँदा गर्दा गोजीबाट झरेको गुच्चाहरू

साउन को झरी परेको रात गुडमा फर्किन नसकेका परेवाहरू

सम्बन्ध

हिड्दा बाटो मा चुडिएर  फाल्न मन नलागेका चप्पलहरू

बाख्रालाई घाँस हाल्दा सिङमा अल्झेर चुँडिएको दुलहीको पोतेहरू


 खैरे हल गोरु जोतेर धान रोप्न ठिक्क पारेको मसिने बारी

 उसको श्रीमतीले पछ्यौरीमा पोको पारी ल्याएको एक कचौरा मोही र चिउरा

 एक फाको चिउरा मुखमा हाल्दै पारिलो घाम मा आली छेउको सिसौको रुख मा ओत लाग्दै लामो सुस्केरा लिदै 

 अमखराको पानी पिउँदै गर्दा, थकाई मेटिने सिरसिर हावा र श्रीमतीको मुस्कान

 जीन्दगी.....!

 


2 comments:

Ashish said...

Related dai, harek kura ma support garney tapai ko ashish vai,

Anonymous said...

Heart touching poem