Posts

Showing posts from July, 2025

श्रावण ०१

 साथी, उसले छोडेर गइसकी भन्छ।  कहाँ गइन् बुद्धु यही धर्तीमै छे हुन सक्छ केही माइल टाढा भएको तर धर्तीमै छे  अनि जिन्दगीबाट नि।   कसरी गइन् भन, साथी, म बाँचेको छु देखेनौ। अझै पनि सोच्दछु  तिमी कुनै रात, तेही जुन हेरेर टोलाएकी हुन्छै होला।  जुन यहि त हो , तेहा पनि।    बागमती को बगररै बगर हिड्दा घाम कति लाग्दथ्यो , घाम यहि त हो , तेहा पनि   तिम्ले सनस्क्रिन लगाउने गर भनेको बिर्सिन्न  सम्झन्छु लगाउदिन। साझँ चल्ने बतास त्यहाँ पनि चल्छ होला। तिम्रो सल त्यसरी नै उडाउँछु होला।  तिमी केस कानमा सिरिन्छौ होला।  संसारको सुन्दर चित्र तिमी लाई देख्दथे।    तिमी सधै रहन्छै । मेरो सम्झनामा। 

असाढ ३२

 समुद्रको पानी चर्को घाम ले बाफमा परिवर्तन हुन्छ र वादल बन्दछ।  चिसो हावाको झोकाले रुझाउँछ र वादल पुनः पानी बनेर बर्सिन्छ।  असारको अन्तिम दिन झरी पर्छ घरको छानाबाट दलिन हुँदै पानी बगेर आँगनमा धारा बग्दछ  सोच्दैछु असारको चर्को घाम भन्दा कम त हुँदैन मनमा लागेको ठेस  घर मा छाता छुट्दा १२ वजे बाटोमा घामले ढाड पोलेको  भन्दा  कम त पोल्दैन संघर्षका कथाहरुले  उनले ढाडस दिँदै भन्छिन् म छु नि।  वादल आकास मा उड्दै गर्दा  चिसो हावामा ठोकिन्छ पुनः आशु बनी आँखा को डिल हुँदै खस्दछ  असारको महिनामा।