साथी, उसले छोडेर गइसकी भन्छ।
कहाँ गइन् बुद्धु यही धर्तीमै छे
हुन सक्छ केही माइल टाढा भएको तर धर्तीमै छे
अनि जिन्दगीबाट नि।
कसरी गइन् भन, साथी, म बाँचेको छु देखेनौ।
अझै पनि सोच्दछु
तिमी कुनै रात, तेही जुन हेरेर टोलाएकी हुन्छै होला।
जुन यहि त हो , तेहा पनि।
बागमती को बगररै बगर हिड्दा घाम कति लाग्दथ्यो , घाम यहि त हो , तेहा पनि
तिम्ले सनस्क्रिन लगाउने गर भनेको बिर्सिन्न
सम्झन्छु लगाउदिन।
साझँ चल्ने बतास त्यहाँ पनि चल्छ होला। तिम्रो सल त्यसरी नै उडाउँछु होला।
तिमी केस कानमा सिरिन्छौ होला।
संसारको सुन्दर चित्र तिमी लाई देख्दथे।
तिमी सधै रहन्छै । मेरो सम्झनामा।
1 comment:
Fabulous
Post a Comment