Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

अझ बाकि नै छ।

देख्नन बाकि नै छ

पर जुन लाइ वादल ले ढाक्दै गरेको 

उनि म देखि पर भएको। 


सुन्न बाकि नै छ 

बेसि झर्दै गर्दा एकान्त जंगलमा 

कोयली को बिरहि गित। 


अझ बाकि नै छ

चुडन धान का वालाहरू

हिडृन बाकि नै छ बगररै बगर


बाकि नै छ 

सिरसिर वतास चलिरहने चैतारी मा थकाइ मेटन

एक अंजुली पानी ले मन भरी को तिर्खा मेटन। 


अझ बाकि नै छ। 

जति खर्चे पनि नसकिने 

प्रेमीका को यादहरू


हिडन बाकि नै छ 

मसान घाटको बाटो चिसो बालुवामा 

माथि घरको ठुलो बरपिपल ढल्दै गर्दा। 


गाउन बाकि नै छ 

नारन गोपाल को गीतहरू 

यो सम्झने मन छ, म बिर्सउ कसरी 


अझ बाकि नै छ 

खेल्न तासका पत्तिहरू 

पिउन भटिमा वाफेर थोपा थोपा झरेको तिर्खर

 तिन पानी र भुटेको भटमास 


अझ 

जीउन बाकि नै छ 

मर्न बाकि नै छ

समहालिन बाकि नै छ

अहिले मात्र समहालिन बाकि छ।।


No comments: