Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

म भागिरहेछु।

 भाग१

म भागिरहेछु

     आफै लाइ कहिकतै छोडी


प्रेमिकाको आलिङगन बाट छुटिइ

उनको गालामा परेका आशुका डोबहरू सम्म नपुछी


घरको आगन बाट झरेर

 बरन्डा मा यसो फर्किएर सम्म नहेरी


  म भागीरहेछु 

        आफैलाइ कहि कतै राखी। 


साथि सँग गफहरू बिचमै टुङगाइ 

यसपालि मुस्ताङ टिरिप सम्भब नहोला भनी। 


म भागिरहेछु 

    आफुलाइ कहि कतै लुकाइ


जीतेका गुच्चाहरू करेसा बारी मा मिल्काइ 

मैले कपि समाएको थिए। 

भरिएका नोट र एसाइमेन्ट ठेलावाला भैया लाइ बुझाइ

म अहिले ल्यापटप समाइरएको छु। 


भाग २


म हिनेको हो। 

सल्लाधारी मा कोहेलि को सुसेली नसुनी

नहरको डिलको छेउ लागेका लटरम्म बयर नटिपी

जंगलमा जामुनको घास नकाटि

खोलामा पैडि नखेली 

बालुवामा कुवा नखनी 

 

धेरै कुरा छोडी हिनेकै हो।

 

जीन्दगी यात्रा नै त हो । 


 




No comments: