श्रावण २१
हामी बोल्दैनौँ, हामी बीच को मौनता बोल्दछ
कुराहरू हुँदैन तर त्यही सन्नाटा बीच हजारौं सम्वाद भइरहन्छ।
भेटिदिन्न उनी गल्लीहरूमा बेकरी क्याफे को कुनामा
तर धुन उनकै गुन्जीरहन्छ।
मेरो आँखा अगि दृश्य उनकै चलिरहन्छ।
कोहीसँग डराउन्न भन्छिन् उनी मेरो समीप आएर
म उनको हात समाउदछु
उनको आँखाको भावले अंगालिन खोज्छ तर उनी
भन्न डराको हुन्छिन।
उनी मलाई कुरैकुराले बेवकुफ बनाउन खोज्छिन्
म बेवकुफ हुन्छु तर उनको अदाले हुन्छु
मुस्कानले हुन्छु।
हरेक बिहान उनको म्यासेज आउँदैन,तर याद भने उनको झिसमिसे मै आउँछ
साझँ चराहरू गुड फर्कन्छन्
तर याद उनको फर्किन मान्दैन्न।
Comments