हामी बोल्दैनौँ, हामी बीच को मौनता बोल्दछ
कुराहरू हुँन्न तर त्यही सन्नाटा बीच हजारौं सम्वाद भइरहन्छ।
भेटिन्न्न
उनी गल्लीहरूमा बेकरी क्याफे मा
तर धुन उनकै गुन्जीरहन्छ
दृश्य उनकै चलिरहन्छ।
कोहीसँग डराउन्न भन्छिन् उनी समीप आएर
म उनको हात समाउदछु
आँखाको भावले अंगालिन खोज्छ तर
भन्न डराउछिन।
उनी कुरैकुराले बेवकुफ बनाउन खोज्छिन्
म बेवकुफ हुन्छु
उनको अदाले हुन्छु
मुस्कानले हुन्छु।
हरेक बिहान उनको म्यासेज आउँदैन । तर याद भने उनको झिसमिसे मै आउँछ
साझँ चराहरू गुड फर्कन्छन्
तर याद उनको फर्किन मान्दैन्न।

No comments:
Post a Comment