कति चोटि हार्नु पर्छ, सदाको लागि हार्न?
कति चोटि छोड्नु पर्छ, सधैँभरिलाई छोड्न?
कति चोटि भन्नुपर्छ, आजदेखि चुरोट खान्न?
कति चोटि हेर्नु पर्छ, उसको प्रोफाइल?
कति चोटि भन्नुपर्छ, 'गुड-बाई'?
कति चोटि मन टुट्नु पर्छ?
कति चोटि मर्नु पर्छ, सदाको लागि मर्न?
No comments:
Post a Comment