एकदिन तिम्रो मन कसो नपग्लिएला र
भन्दै बित्छ दिन
दिन असङ्ख्य सम्झनाको बाढीमा पौडिँदै गर्दा
एक दिन कसो किनारा नभेटिएला र भन्दै बित्छ
सिँढीबाटै गुल्टिएर झर्दा
एक दिन कसो भेटिँदैन र सफलता भन्दै बित्छ दिन
कोलाजहरूबाट निसासिँदै गर्दा एक दिन
कसो शान्ति नपाइएला र भन्दै बित्दछ दिन
सबैबाट एक्लिँदै गइरहँदा
एक दिन कसो म पनि नफर्कूँला भन्दै बित्दछ दिन
दिनहरू बिहान सबेरैदेखि अशान्ति मच्चाउँछन् र मेरो जिन्दगीमा उत्पात गर्छन्
एक दिन म तिमीलाई भेट्न जान्छु
हातमा गुलाफको फूल बोकेर
आँखामा सपना बोकेर
र मनमा असीम माया सम्हालेर
No comments:
Post a Comment