Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

एकदिन

 एकदिन तिम्रो मन कसो नपग्लिएला र

भन्दै बित्छ दिन

दिन असङ्ख्य सम्झनाको बाढीमा पौडिँदै गर्दा

एक दिन कसो किनारा नभेटिएला र भन्दै बित्छ

सिँढीबाटै गुल्टिएर झर्दा

एक दिन कसो भेटिँदैन र सफलता भन्दै बित्छ दिन

कोलाजहरूबाट निसासिँदै गर्दा एक दिन

कसो शान्ति नपाइएला र भन्दै बित्दछ दिन

सबैबाट एक्लिँदै गइरहँदा

एक दिन कसो म पनि नफर्कूँला भन्दै बित्दछ दिन

दिनहरू बिहान सबेरैदेखि अशान्ति मच्चाउँछन् र मेरो जिन्दगीमा उत्पात गर्छन्


एक दिन म तिमीलाई भेट्न जान्छु

हातमा गुलाफको फूल बोकेर

आँखामा सपना बोकेर

र मनमा असीम माया सम्हालेर


No comments: