मन काे आयतन


              खाट मा पल्टिरहे छु, हात मा ल्यापटप छ, दुइ धुडा काे बिच उडिएकाे छ । blog login गर्छु । 

अब त बादल पनि रित्तिनु पर्ने, कति पर्न सकेकाे, साँझ महादेब स्थान छेउ, चिया काे चुस्की लिदै  किर्तन सुन्नु काे

 मज्जा छुट्टै हुन्थयाे। तर आज पनि गइयन ।  किताबहरू खाटमा बर्गेलित छरिएका छन् । मलाइ पाप लाग्छ कि,

 खुट्ट सार्दा किताब लाइ छुन्छ र हत्पत ढाेग्छु । र आफ्नै कल्पना मा धाेतलिन्छु । 


     बादल बाट ओर्लेर जाेर परेवा पल्काे घरकाे बलेसी मा बस्य । निधुक्क भिझेका थिए । यिनकाे पनि बास बस्ने बेला

 भएछ । भाले परेवा धुर्न थाल्छ, शान्तिकाे  प्रतिक  पनि कति धुर्न सकेकाे । 


     रात झयाल बाट हाम फालेर  काेठा भित्र झिरीसकेछ,  म ढाेका निरकाे switch on गर्छु, र पुन: रात, कुचाे ले धुलाे

 बडाले जस्तै बडरिन्छ । 


        मन मा सन्ननटा छाएकाे छ  । माया काे दियाे तिमी ले फुकेर निभाइदियाै । जसरी हावाकाे झाेकाले निभाउछ । तेस्तै,

     तस्तै,  सिमल का सेता भुवा, हावाले उडाएर ल्याउथ्याे र तिम्राे केश मा टासिन्थ्याे,  धास काट्दा कुराहरू तिम्राे

 कुर्था मा लाग्दथ्य । तिमी एक डाकाे धास लिइ र म गाइ र भैसी काे बथान लिइ घर  फर्कन्थए ।


       Christopher  Nolan काे Inception film नबुझेर  दाेर्हराएर हेरे थिए । आँखामा पुराना तस्विर र सम्झना 

 फटाफट आउछन, म तिन लाइ  पछ्याउन थाल्छु । र उतै हराउछु । 

             It's easy to stand in the crowd but it takes courage to stand alone. - Mahatma Gandhi.  


      साहस काे बाध । China काे Thee George Dam, संसार काे सबैभन्दा ठुलाे ड्याम, याे भन्दा ठुलाे ड्याम 

         बनाउन  सकिदैन र, खैर अहिले यहि छ । म यहि मनकाे बाध कसिलाे गरी बाध्छु । 


      ट्रेर्न  छुटेकाे यात्री , जस्ताे कि एक्लै पलेटफर्म मा उभिरहेकाे ।  अर्काे ट्रेर्न कुर्दै गर्दा रात पर्न थाल्छ र छटपटि 

   हुन्छ ।   ट्रेन काे साइरन बज्छ । गन्तब्य विना काे ट्रेर्न चढ्न राजी हुन्नुपर्छ । ट्रेन सम्झिदा, 


     राज ट्रेनकाे डन्डि समाएर  हात दिन्छ र  सिम्रन दैडिदै ट्रेर्न चड्छिन । ddlj काे climax scene , जा सिम्रन जिले 

  तेरी   जीन्दगी । सम्झिन्छ । 


    अरबी लाइ मरभुमी मा मृर्गतिष्णा भए जस्ताे आँखा अगिल्तिर पानी काे कुवा देखिन्छ तर जति पछ्यायाे उति पर 

   पर  देखिन्छ। र प्यास ले हायलकायल हुन्छ । कति सपना यहि मृर्गतिष्णा हुने त हाेइन । 


      उहिले गाँउमा  बिस्कुन सुकाउदा , म वाँसकाे लट्ठि लिइ रूगन बस्थेय । तर कति बेला शाहरूग, भगेरा, परेवा 

 गएर  बिस्कुनमा बस्थेय थाँहै पाइदैन थियाे, र तिनले छरपस्ट पार्दिन्थ्याे, अहिले सम्झनाहरू तेस्तै छरपस्ट छन् । 


         साँझ घरकाे आँगन मा झयाउकिरी उड्छन तेस्तै मन मा कुराहरू पनि  । क्यानाडाकाे Queen university काे 

  एक अनुसन्धान ले  प्रति मिनेट ६.५ विचार  मानिसकाे मन मा आउने गरेकाे  र यसरी गन्दा दिन मा ६२०० 

   विचारहरू  हुने गरेकाे देखिन्छ। 


         मानिस अनेकाै विचार मा  रूमलिन्छ । म पनि यसैमाअल्झिरहेछु, र कनिका निफने गरी विचार लाइ निफन्दै

 वल्गमा लेख्दैछु ।  

Comments

Anonymous said…
sapna haru le basai sarera gayechhan
aba tyo akha le naya sapna ko parikalpana garna thalnuparcha

Popular posts from this blog

जीन्दगी...!

कति चाँडै बित्दछ समय

कुराहरू ।