Posts

हरेक दिन । भदै १७

 हरेक बिहान म सुनौलो बिहानीको प्रतिक्षामा उठ्दछु।  तर पारी सिमल भन्ज्याङ बाट घाम कहिले उदाउँदैन।  तुवालोले ढाकिरहन्छ  राति नै फुलेर हरेक बिहान मेरो आँगनमा झरेको पारिजातको फूल  झरेर भएनी सुवास दिईरहन्छ।  घामको पहिलो किरणले करेसा बारीको दुबोमा हिराझैँ टल्किएको  सितको थोपा बिलाउँदै गएको  हरेक दिनको सुरुवात  हरेक साँझ बाटो मुनिको खोल्सामा जुनकिरीको पिलपिल बत्ती  साँझ छिपिँदै जाँदा निब्दै गएको  त्यो अन्कन्टार रात मेरो जीन्दगी।।।

भदै १६

 थकाई मेटिने सिमल भन्ज्याङको चौतारी   पारी पाखाँ बाट बहने सिरसिर हावाले पिपलको पात हल्लिरहेको।  म सुस्तरी सास फेर्दछु।  म बेसी बाट उकालो लागेको थियो।  हातमा बासको लौरी थियो। छेउमा ठडाउछु र पल्टिन्छु तेही ढिस्कोमा   म सँगै अघि लागेको लौरो भन्नु नै एक्लो साथी थियो। वन को स्याल ले झम्टिदा , भालु आइलाग्दा यहि लैरे ले हच्काउछु भन्ने। हेर्छु पारी पाखा बाट घाम पातले गाउँ झर्दै गरेको। चराचुरूङि को चर्को स्वरमा हल्ला गर्दै गुड फर्कदै थिए।  बरको बोटमा पनि चित्राको गुण रहेछ।  चित्रा हाँगा हाँगा उफ्रिन्थ्यो। छेउ मा कमिलाको ताती लागेर हिँड्दै थिए। कहाँ होला यसको घर भन्ने दुलो हेर्छु लामो ताती रहेछ।  अघिसम्म पसिनाले च्याप्प टाँसिएको सट फरफर हल्लिन्छ।  चिसो बतास चल्न थाल्छ। सम्झन्छु ठिलो गर्नु हुन्न घर जान।  काङलो तल झर्छु र हिँड्छु।

भदै १५

 के गरू   यो सपना देख्ने मनलाई  कहाँ लगेर मिल्काउँ  कसरी मार्नु आफैले हुर्काएका  सपनाहरु लाई  कसरी निचर्नु यो कमल मनलाई  कसरी सम्झाउँ   यो अबोध मनलाई    बगेर कहिले नसकिने दुःखका कालीगण्डकी  कसिलो पारे पनि मुठ्ठीमा नअडिने विश्वास  त्यही बगरको बालुवा भएको छ।  कोइलीले वन छाडेर गएकी वन उजाड छ यो मन उजाड छ।

भदै १५

 फेरि हाम्रो भेट भए  म तिम्लाई तिमी आउने बाटो भरि  मन बिछाएर बस्ने छैन। तिमीलाई निमेष भर कुर्ने छैन।  तर संयोगले भेट भयो भने  तिमी मुस्कुराउँदा एक भित्तामाथि उचालिने तिम्रो गाला  चिमोट्ने छैन।  सेकेन् सेकेन् झिम्किरहने तिम्रो परेला मा पुन: अल्झिने छैन।  म निर्धक्क भएर तिम्रो बोलीमा  विश्वास गर्ने छैन। तिमी फेरि भेट्न बोलाउँछौं भने  म लगाएको मन  कतै लुकाएर रोपेको पिरती  निमोठेर  साचेको सपना  मारेर  गरेको विश्वास  तोडेर आउनेछु।

भदै १३

  वैशाख जेठको घामले पोल्दा तिम्रो सम्झनाको शीतल हावा बहन्छ मनमा पहरो बाट बर्सेको झरना झैँ कञ्चल लाग्छ तिम्रो माया माघ फागुन मा फुटेको ओठमा रगत बग्दा तिम्रो स्पर्शले नै मलम लाउद्छ। साँझ झरीमा नभिजुम भन्छु तर आफै  दर्किन लाग्दा कहाँ ओत लाग्नु तिमी सामु नहुँदा!

भदै ११

म केवल एक्लो छु।  तर ठेलठाल गरेर यादहरु पस्छन् मस्तिक भित्र  एक्लो हुनु र एक्लोपन हुनु कति फरक हुने रहेछ  भदौको झरीले पनि रुझाउन नसकेको मेरो मन   उनको सानै बोलीले रुझाउँछ। र झरीसँगै बर्सन्छु म  पहिलो पटक पानी पर्दा आउने माटोको बासनाले  फुर्काएको मेरो मन   रातभर झरी परेर बिहान खुलेको त्यो निलो आकाशले  भरेको मेरो ऊर्जा   उनको मायाले सिन्चित गरेको यो उजाड जीवन  म भावनाले हो भरिएको मेरो मनको गाँठो।  यो  झरीमा उनको सामु खोल्दैछु।

भदै १०

यदि म पागल भए छु भने  तिमी चाहिँ मलाई पागल नभन्नु   म मुस्कुराएछु भने बेमतलब   म रोएछु भने बेमतलब   हराएको हुन्छु आफै भित्र  तिमी चाहिँ मलाई खोजिदिनु   काँडाले पासो थापेको त्यो गुलाबको फूल  जति सुन्दर देखिन्छ पर बाट जुन  कालो बादल मा लागेको चाँदीको घेरा।   जीन्दगी!