स्कोर्ल गर्दा गर्दै कुनै सुन्दर यूवती देखिनु र
तेतिकैमा
तिम्रो मुहार सम्झनु।
हिडदा हिडदै थाकेर
वरमथानको चैतारीमा बस्नु र सिरसिर हावा चल्नु
तेतिकैमा
तिम्रो सम्झना ले सितल महसुस हुनु।
साइकल मा पाइडल दैडाउदै घाम मा मेला जानु
निैथुक्क पसिनाले भिझनु र
तेतिकैमा
तिम्रो सम्झना को छाया खोज्नु।
तिम्रो सम्झना
थाकेको बेला
सितल महसुस गर्ने हावा हो।
तिम्रो सम्झना
खडेरी परेको खेतका गरा चिरा परेका बेला
पर्ने भदैरे झरि हुन।
तिम्रो सम्झना
कति बेला त
अरवि मरभुमी को मरूथान हो
कति बेला त्यो मिठो मृगत्रृषणा हो।
No comments:
Post a Comment