Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

कति चाँडै बित्छ समय


 कति चाँडै बित्दछ समय 

 समय जहाज समाएर उड्दछ

 मैले पोहोरै हो तिमीलाई देखेको, जुग भएछ 
     हिजै हो मन मरेको भनेको पनि वर्षै भएछ 

 यसपालि कुहिरो के मधेसमा लाग्यो र
         मेरो मनमा लाग्या थ्यो 
 हिँड्न नजान्दैमा के ठेस लाग्थ्यो र 
       आफ्नाका वचनले लाग्या थ्यो।

 तिम्रो आँखाले देखेका सपना म पूरा गर्न सकुला
       नसकुँला, अब त तिमी नै हुँदैनौ 
           म के गरु यी सपनाहरूको! 

 साइबेरियन चराहरू जस्तै तिमी पनि
        तिमी पनि उडेकी छौ 
           मनमा गुण बनाएर, बच्चा कोरलेर 
 हरेक वर्ष कोशी टप्पुमा आएका ती हजारौं साइबेरियन पन्छीहरू 


 पहिलो प्रेम थियो र कच्चा पनि 
     मन कायर तर थियो सच्चा पनि 

 यसपालि यस्तै भयो। म के गरु !
-2074

No comments: