कतिपय सम्बन्ध छुट्नै पर्ने रहेछ।
म भने
फूल फुलेर ओइली झर्नैपर्ने रहेछ ।
म भने
घडीमा मात्र होइन जीवनमा नि १२ बज्नै पर्ने रहेछ।
म भने
शिशिरमा पात झर्नैपर्ने रहेछ।
म भने
ओख्लले चिउरा कुट्नै पर्ने रहेछ।
म भने
म भने, तिमी रिसायौ कि सोच्दथे
मैले पो जानिन कि सोच्दथे
मैले पो भूल गरेकी सोच्दथे
हुटीट्याउले आकाश थामेजस्तो।
म
हत्केलाले घाम छेके जस्तो।
म
मायाले संसार चलेजस्तो।
म
सपनाको संसारमा हावाको बिछौनामा निदाएछु।
चट्याङ बादल मा पर्दा मुर्छा पर्ने काउसुक्लोको जस्तो
मुसलधारे पानीले भिजेको मुसा जस्तो
फुले पनि नचाहिने उत्तिसको फूल जस्तो
जिन्दगी जिउन नजाने जस्तो .... म !
No comments:
Post a Comment