बाढिले भत्काएका खेतका गरा पुरिएका छन।
सिरोटोले सुकाएका फुलका पातहरू मा हरिया धर्सा लागेका छन।
बादल बर्षिएर आकास उज्यालिएको छ।
लाग्छ अब सब ठिक हुन्छ।
तर फेरी
त्यो सिरेटो नचल्ने होइन
बादल नगडगडाउने होइन
बाढि नपस्ने होइन।
पात नसुक्ने होइन।
सिस्नेरी मा पहिरो नजाने पनि होइन।
पूर्णिमा को जुन लाइ औशिले नढाक्ने होइन,
पिरतिको फुल लाइ तिमीले नकुल्चिने पनि होइन।
भरिसकेको घाउ तिम्रो कोमल हातले नउकाउने होइन।
No comments:
Post a Comment