Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

केहि बर्ष


  1. १,२ बर्ष बसन्त नआउदैमा 

धाराको छेउमा गोदावारी फुल नलाग्दैमा 

के ह्रन्छ र । 


  1. सरदको सिरेटो वेस्सरि चल्दैमा 

उडाएका घरका रंगहरू नपोतिएदैमा केहि वर्ष 


  1. बर्षा लम्बिदै १५ अैं दिन झरी पर्दा्

रोपेका धानका गरा गरा भत्काउदा यसपाली 



  1. ग्रीषमा एलनिनो प्रभावले उखुम धाम लाग्दा

पिच गरिएका कालोपत्रे पगाल्दैमा यो पाली 



  1. सिसिरमा पश्चिमि वायु वेग सँग् चल्दा 

घरको टिनको छानो उडाउदैमा यसबर्ष



6. हरेक वर्ष रितु फेरिएझै  हुने त हो जीन्दगी।


  1. हावाले मिठास सुगन्ध बोकि लेयाउला कोहि दिन

सरदमा झरेका रूखका पातहरूमा टुसा पलाउने छन कोही दिन

बादलमा चाँदिको घेरा लाग्नेछ कोही दिन।

नदि पाखा बाट झर्दै खोल्सामा हुर्दै ढुङगामा बजारिदै 

पुग्नेछ छ सागर छुन। 

तेसरी जिन्दगी चल्ने छ कोहि दिन।।


No comments: