Posts

भदै १५

 के गरू   यो सपना देख्ने मनलाई  कहाँ लगेर मिल्काउँ  कसरी मार्नु आफैले हुर्काएका  सपनाहरु लाई  कसरी निचर्नु यो कमल मनलाई  कसरी सम्झाउँ   यो अबोध मनलाई    बगेर कहिले नसकिने दुःखका कालीगण्डकी  कसिलो पारे पनि मुठ्ठीमा नअडिने विश्वास  त्यही बगरको बालुवा भएको छ।  कोइलीले वन छाडेर गएकी वन उजाड छ यो मन उजाड छ।

भदै १५

 फेरि हाम्रो भेट भए  म तिम्लाई तिमी आउने बाटो भरि  मन बिछाएर बस्ने छैन। तिमीलाई निमेष भर कुर्ने छैन।  तर संयोगले भेट भयो भने  तिमी मुस्कुराउँदा एक भित्तामाथि उचालिने तिम्रो गाला  चिमोट्ने छैन।  सेकेन् सेकेन् झिम्किरहने तिम्रो परेला मा पुन: अल्झिने छैन।  म निर्धक्क भएर तिम्रो बोलीमा  विश्वास गर्ने छैन। तिमी फेरि भेट्न बोलाउँछौं भने  म लगाएको मन  कतै लुकाएर रोपेको पिरती  निमोठेर  साचेको सपना  मारेर  गरेको विश्वास  तोडेर आउनेछु।

भदै १३

  वैशाख जेठको घामले पोल्दा तिम्रो सम्झनाको शीतल हावा बहन्छ मनमा पहरो बाट बर्सेको झरना झैँ कञ्चल लाग्छ तिम्रो माया माघ फागुन मा फुटेको ओठमा रगत बग्दा तिम्रो स्पर्शले नै मलम लाउद्छ। साँझ झरीमा नभिजुम भन्छु तर आफै  दर्किन लाग्दा कहाँ ओत लाग्नु तिमी सामु नहुँदा!

भदै ११

म केवल एक्लो छु।  तर ठेलठाल गरेर यादहरु पस्छन् मस्तिक भित्र  एक्लो हुनु र एक्लोपन हुनु कति फरक हुने रहेछ  भदौको झरीले पनि रुझाउन नसकेको मेरो मन   उनको सानै बोलीले रुझाउँछ। र झरीसँगै बर्सन्छु म  पहिलो पटक पानी पर्दा आउने माटोको बासनाले  फुर्काएको मेरो मन   रातभर झरी परेर बिहान खुलेको त्यो निलो आकाशले  भरेको मेरो ऊर्जा   उनको मायाले सिन्चित गरेको यो उजाड जीवन  म भावनाले हो भरिएको मेरो मनको गाँठो।  यो  झरीमा उनको सामु खोल्दैछु।

भदै १०

यदि म पागल भए छु भने  तिमी चाहिँ मलाई पागल नभन्नु   म मुस्कुराएछु भने बेमतलब   म रोएछु भने बेमतलब   हराएको हुन्छु आफै भित्र  तिमी चाहिँ मलाई खोजिदिनु   काँडाले पासो थापेको त्यो गुलाबको फूल  जति सुन्दर देखिन्छ पर बाट जुन  कालो बादल मा लागेको चाँदीको घेरा।   जीन्दगी!

नारी

 तिमीलाई लाग्छ होला  म बाँचेको संसार छुट्टै छ।  म कहाँ बाँचेको छु र  तिमीले सोच्छौ होला  नयाँ परिवेश नयाँ संसार  बल्झिने चोट त पुरानै छ। मैले सास फेर्छु कि भनेर नाडी छाम्ने धेरै छन्।  म हाँसेर जीउछु कि भनेर  स्त्रीलाई लाउने लान्छना धेरै छन्  के पुस माघमा ओईलाएको बाबरी फूल  चैत वैशाखमा फुल्नु हुन्न र  के एकचोटि चुडिएको सम्बन्ध  अर्को धागोले उन्नु हुन्नर। माया लाउँदैमा म गलत भए  तिमी गलत भएनौ  नारी भएर फेरि बाँच्न  मैले अर्को जुनी लिनु पर्छ र।

विपीन

 सरकारको कूटनीतिले नमानेको हमास  आमाको मननीतिले पो मान्छ कि  इजराइलको मिसाइलले जित्न नसकेको युद्ध  बहिनीको करुणाले पो जित्न सक्छ कि झुस्स दारी पातलो केटोले घामले साह्रै तिर्खायो  पानी खाउन भनी बोलाउँदा  (विपिन घर फर्कियो कि भनेर  आमा आतिएर हेर्छिन्।) दाई लाई सपना मा घर फर्केको देख्या थिए भनी  बहिनी बिहानै आमालाई सुनाउँछिन् र रुन्छिन्। साथी विपिन online आयो कि भनेर स्क्रोल गर्छन् Hostile मा परेको विपीन, पुरा देश उस्को खबर को प्रतिक्षामा हुन्छ। आमा! भनि बोलाएको त्यो अन्तिम क्षण, आमा त्यो भुईको माटो छुन चाहन्छिन। बहिनी त्यही पुगेर नजिकैबाट एकपल्ट भएनी  दाईलाई बोलाउन चाहन्छिन्।  न दाइले सुनी पो हाल्छ कि!