Posts

Showing posts from September, 2022

फ्लास ब्याक

उनी लाई सम्झन्छु। उनको मुहार सम्झन्छु। नैनी जस्ता कोमल हात ठुला आँखा, पिपल पाते ओठ, ओठ मास्तिरको तिल कोठी, उनी पूर्णिमा को चन्द्रमा थिइन। उनको रातो कुर्था। आफ्नु र मेरो नाम खोपेर दिएकी रुमाल सम्झन्छु। ति बिताएका स्वर्णिम पलहरु आज फ्लास ब्याक मा सम्झिरहेछु। तिमी ले ठिक गर्यौ आँसु पुछन रुमाल दिएकी रहेछौ भन्दै छु। तिमी आज कसैले नपढेको पान्ठु लिपी मा छौ। मैले कसैलाइ नसुनएको कथा मा छौ। तिमी लाइ सम्झिदा म कुनै परिलोक को कथा सुन्दै छु जस्तो लाग्छ। मेरा अगाडि सधै फुल फुल्थ्यो। झरना झर्थयो। सिरसिरे हावा चल्दथ्यो। धर्ति उडेर आकाश छुन्थ्यो म तिम्रो आँखा मा मेरो संन्सार देख्दथे। म तिमी लाई सधै वर को रुख मा पर्खिरहेको हुन्थ्ये। हामी विद्यालय जाने बाटो छलेर पर सिमल वन सम्म पुग्दथ्यौ। तिमी बाघ आयौ भने, चितुवा आयो भने भन्थयौ। म साहस देखाएर भन्थे म छु नडराउ। तिम्रो पछेउरी बाहेक अझ सम्म कुनै छाहरी खोजेको छैन। घाम छल्ने तिमी पछेउरी। मेरो काध मा सिर राखी तिमी निदाउथ्यौ। म तिमी गाला मा टासिएको केस हटाइदिथे। हावा चाल्दा तिम्रो केश मेरो मुख मा पर्यो म तानिदन्थे तिमी रिसाउथ्यौ। तिम्रो घना ब...

नँया भट्टि पसल!

Image
दिन भर को थकाइले मरेको सरिर लाइ तिन पानी छर्के पछि केहि बहुरिएको जस्तो हुन्छ।  रमेस।।सिवम् सिमेन्ट कारखाना को एक मामुली मजदुर। घाम डुबे पछि पन्छिहरु मार्च पास गर्दै गुड तर्फ फर्किन्छन्। मन्दिर मा आरती को धव्नि गुनजिन्छ।  तर सरासर उ सुसीला पसल हानिन्थो। पसल बाट केहि पोका चामल दाल मरमसाला किने पछि एक तुर्कि झोल चाखे पछि उ आफ्ने झुपडी तिर लाग्दथ्यो। उसको जहान स्वासनी र एक छोरी रमेश लाइ पर्खिरहेका हुन्छन्।  सुसीला को सैन्दर्य को मात लाग्छ कि के जानु उसको रक्सि को। उ धुट्टुक एक सुरप पार्छ।  सुसीला वर्णको बाटुलो अनुहार गालामा लाली पोतेकी घाटि मा उसको लोग्ने ले दिएको पोते लगाएकी र जिउ लागेर गजक्क परेकी थिइन।  एक गिलास थपदिदै "लिनुस", भन्छे। रक्सि को गन्ध र सुसीला को सरिर बाट उठेका वास्ना उ लठ्ठिन्छ। सुसीला सुनन। अ भनन् । सुसीला भट्टि मा आँउने प्रयाए सँग झरकेर बोल्छे। तर रमेश सँग मिठो बोल्छे। सधै तिमी भनेर बोलाउछे।  आज किन ढिलो आयै भनेर रिसाउछे पनि। उसको पोइ बाट माया नपाएकि सुसीला, रमेस ले देखाउने स्नयपूण व्यवहार बाट प्रवाहित छे।  साँझ मा भट्टि छिरेका जड्डियाह...

रमा

आभास, तिमी कहाँ छै।  मलाई तिम्रो न्यासरो लागी छ। तिम्रो अंगालो मा बेरिन मन छ। मेरा अंगहरु ले तिम्रो स्पर्स खोजिरहेछ।  रमा को मनका भावनाहरु हुन्।  उनी बिछ्याउना भरी आभास लाइ खोजिरहन्थिन।  टेडि बियर लाइ अंगालो मार्थी। सानो पोखरा को माछा प्लान धुम्न जादा, उसले लाएको सेतो आउटर।  उनी लजाएर आभास को छाति मा लुक्न खोज्थिन्।  रमा टेडि बिएर लाइ कसेर अंगालो मा्र्छिन। शरिर भरी उठेका उन्मात् शान्त पार्न खोज्छीन्।  झसकिन्छिन, साच्चै नै आभास लाइ अंगालो मारे झै गरेर।  रातो फुल बुट्टे तन्दा मा पलटिरहेछ। बेडको सिरान मा fifty shades of gray novel छ।  एैना मा आफु लाइ सावधानी पूर्वक नियाल्छे।  मेरो गाला मा किस तिम्ले त खाकों थियै अस्ति साँझ। म त नाइ नाइ भन्दै थिए कपालै लुछ्दियै। तिमी एग्रेसिप हुदा पनि कति माया लाग्ने भको। गाला सुमसुमाउछे। उनको ओठको तृष्णा अझै बाकि नै थियो। उनको राता ओठ अैसेलु पाकेका जस्ता थिए। आभास ले उनी मा स्याउ, सुन्तला, अनार सबै देख्दो हो।  अझ, रमा मा ति सबै ताजा थिए बोटै मा पाक्दै गरेका। रमा ।।।।।। -Contineous-

डेटिनङ स्सपोट

रबि खल्ति बाट मोवाइल झिक्छ र हेर्छ। मोवाइल को स्क्रिन रातै भएको देख्छ। एटमबम डिफ्युज गरे झै ह्तपत उनलाइ  कल ब्याक गरिहाल्छ।  उनको ७ वटा मिसकल थियो। एक मिसकल अर्थात, एक गोली फेरी मुटुमै  ताकेर हान्छे।  उनको तिखो बोली ले जति नै छेड़िए पनि स्पनध लाग्ने। मन मस्तिक रोमान्चित  हुने। जिवन मा एक संगित भरे जस्तो हुने।  आज उनको बोली भासिएको सुनिन्थयो। सेती सुस्ताए जस्तो।  उनि बोल्दै गइन। भनिन "कति खेर आइपुग्दछै"। "ससी हेरन मोवाइल  साइलेनस  थियो ५ मिनेट कुर है"।  क्रमस: खुल्दै थिए बजार। उनी ग्रिन हाउस को भित्तामा अडेस लगाएर बसेकि  थिइन। ससी। निलो जिन्स र पहेलो हुडि लगाएकी। कपाल जुरो पारेकी थिइन। निधार मा केस  झर्थ्यो उनि घरि घरि मिलाउन्थिन।  पिपल पाते ओठ रातो लिविस्टिक ले पोतेकी थिइन। आँखा को गाजल चाँहि  लतपताएकी थिइन। रोइछि की क्या हो।  रवि हात हल्लाउछ। उनी मुस्कान ले जवाफ फर्काउछे। मुस्कुराउदा उनि दिप  प्रजोलित भए जस्ति देखिन्थिन।  उनको आँखा चम्किन्थियो। "तिमी किन उाउट ड्रेस मा कलेज नजाने"। "उहु",  प्रति उत...

चिया क्यामे्स्ट्रि

Image
झिसमिसे मा कजेल तिर लाग्छु।  माघ महिना को जाडो आग्ङ सिरिङ्ग गराउने गरि चल्ने चिसो वतास र निस्लष्ठ  वरको पर नदेखिने तुवाले ढाकेको वातावरण।  म कुहिरो मा हराउदै अगि बढ्दछु। कलेज तेति टाढा त होइन।  कलेज को गेट आई पुगद्छ। म कलेज छेउकै होटल छिर्छु। साथि भाई ले  जक्सन नै बनाका छन्।   ५।६ जना टोली जति तेहि भेट हुन्थेम् र हुल बाघेर क्यामपस प्रया्ङ्गन छिर्थेम।   मकवानपुर कलेज जिल्ला को नाम चलेको मध्य एक। स्ववियु को दाईहरु सँग  को संगत र विध्यार्थी संध मा आबद्धता भएका ले कलेज प्रसासन हामी संग  कडा हुन्थेन्।  समयमा कहिल्यै क्लास एटेन्डेन्स भएनै पनि। भए पनि खासै पढेनै।  म छिटो आएछु क्यारे नाडि मा भिरेको घडि हेर्ए र एक कप चिया मगाए साथ मा  चुरोट। रमेस दाइ लेे दुनोट सुन्नु भएछ। दुनोट होइन चुरोट भने। मलाई चिया सँग चुरोटको क्याम्रेस्ट्रि मिल्छ। दुनोट कहिल्यै टोक्ने कष्ट गरिन।  यसै पनि वाहिरको ५।६ डिग्री को चिसो तापक्रम र भित्रको शरिर को तापक्रम  को रियाक्सन मा सास फेर्दा पनि चुरोट खाए जस्तो। चुरोट दुइ ओठले च्यापे र बाले।  एक पप्...

बादलहरु को देशमा

आज कयाम्पस सम्झिदा क्मकवानपुर बहुमुखी कयाम्पस सम्झन्छु,  अङग्रेजी विषय पठाउने सर लाइ सम्झन्छु।  शिव, मनि, सुसिल नबिन , प्रबिन सम्झनछु।  कयाम्पस को प्रयाङगन सम्झन्छु र प्रयाङग मा विध्यार्थी को जमात सम्झन्छु।  सयै केटी मध्य उन लाइ सम्झन्छु।  उनको पुक्क परेको गाला सम्झन्छु, लजाउदा फुलेर गोलभेडा झै रातै भएको सम्झन्छु।  एउटा उछिटिएको दात सम्झन्छु। उनी सगँ गरेका मिठा बातहरु सम्झन्छु।  फर्केर हेर्दा जीन्दगीमा धेरै कुराहर्उ छुटे उनी म र पनि छुट्टयै तर चिया बगान मा छुटे जस्तो होइन।  उनी र म गफ को सिलसिला मा कति गोरेटो कटेको पत्तै पाएनै।  हरियो चिया बगान मा उनी रातो ज्याकेट र निलो प्यानट मा थिइन।  उनी चिया को पात चुड्दै गर्दा, म तेसो नगर्न भन्थे मैले भनेर हो कि उनी झन उतपात मचाउन्थिन।  उनि बेफिर्करी उफरिनथिन। म उनको हात समात्दथे, उनले मलाइ नै ३।४ चोटि त झन्डै लडाइन्न। सम्झनदथे,  म बादलहरु को देस मा छु, हामी धर्ति मा होइन बादल मा खुट्टा टेकिरहेको छै। चिसो वतास ले मन रमान्चित बनाउद्थ्यो।  हामी हुस्सु मा लुकीडुम खेल्दै थिएम,  अगि ...

बस पार्क

मन मा कुरा ओहोर दोहोर गरे जसरी बस पार्क मा गाड़ी ओहोर दोहोर  गर्दै थिए।   म भने काउन्टरको दायाँ पट्टि छेउमा चिया पिइरहेको थिए।   पत्रपत्रिका दुइ तिन महिना बासी थ्यो पडिन लाग्यो, साउनीले खाना पनि कसो वासी खुवाउन्न।   एक सर्को चिया पिउदै सिधा बस पार्क हेर्दै थ्ये कुनै ख़ाली बस आओस र म चडी हालु। ब्याग भिरेकै थिए।   जे होस चिया सुस्तरी नै पिउन पाए।  हेर्ए अगि देखी एउटा केटी काउन्टरमा झगडा गरिरहेकी थी टिकट काट्दा पनी सिट नपाउने उनको गुनासो थ्यो।  “जंगलसहिया जाने होइन तिमी”, रातो कुर्ता सुरवाल सल ले टाउको छोपेकी, हातमा एउटा ठुलो जेबरा ब्याग बोकेकी थी।   टिकट फिर्ता गर्न लगाए “हिड उता बाट चड्म”, भने बिचरी मेरो पछि लागिन। तातो घाम मा १ घन्टा कुरयाएको रहेछ।   बस पार्क देखी ५० मिटर अधि गहेर बस चड्नु पर्छ भने। म पनि अब पुर्व जाने जुनै सुकै गाड़ी चड्न तयार भए।  "ममता", उनले मलाई अधि नै देखेकी रहेछिन तर अड़ लागेर नबोल्या रे। मेरो स्कुल पढ्दा देखी को साथी...

म्यासेज

 थाँहा थिएन यति चाडै कसैको याद ले सताउछ। थत् सोच्दा सोच्दै यति सम्म पनि सोचिसके छु। धडी हेर्ए रातको १२ बजिसको रहेछ।  मोवाइल मा बेटृरी नि सकिन लागेको थियो  अल्छि नगर्या भए चाज भइसक्थयो र नेट खाोल्थे अनि उनि लाइ फेसबुक मा खोज्न थाल्दथे। स्वयमभु मा एउटा बुट खम्बा मा अडेस लगाको फोटो  बहिनी सगँ नक्कल गरी गुलाबी ओठ् चुचाएर खिचेको फोटो  तेस फोटो मा उनि धरै नै गोहो् देखिएकी थि। व्यटिफुल गुड लुकिन्ग ले भरिएको कमेन्ट मा मेरो पनि लब इमोट हुन्थो  अनि जवाफ मा लाजले रातो गाला पारेको इमोट हुन्थो। मनले अनेकौ तारिफ़ गर्दा गर्दा पनि त्यों सानो कमेन्ट बक्समा मन भरि को वखान पोख्न नसकिने। उनी लाइ खोज्न फ़ेसबुक खोल्ने म अचेल आफनो मन छाम्न थालिसकेछु। मन मुटु भरी उन्कै फोटो पास्टिन थालिसकेछ। मात्र कमेन्ट गर्ने म एकलै  उनकै अनेकै हरफ तारिफ गदै रहेछु।  मोवाइल चार्ज गर्न मन लागेन। राती तिर्खा लाग्दा त उठेर पानी नपिउने म। फेरी सोच्ए उनको नाम ममी डयाडी ले अमिर खान र अजय देवगन को फ़िल्म इक्स बाट प्रभावित भएर इसिका राख्ए होलान।  इन्टरनेट र मोवाइल नहुदा प्रमपत्र बाट सम्बाद...