उनी लाई सम्झन्छु। उनको मुहार सम्झन्छु।
नैनी जस्ता कोमल हात
ठुला आँखा, पिपल पाते ओठ, ओठ मास्तिरको तिल कोठी, उनी पूर्णिमा को चन्द्रमा थिइन।
उनको रातो कुर्था। आफ्नु र मेरो नाम खोपेर दिएकी रुमाल सम्झन्छु।
ति बिताएका स्वर्णिम पलहरु आज फ्लास ब्याक मा सम्झिरहेछु।
तिमी ले ठिक गर्यौ आँसु पुछन रुमाल दिएकी रहेछौ भन्दै छु।
तिमी आज कसैले नपढेको पान्ठु लिपी मा छौ। मैले कसैलाइ नसुनएको कथा मा छौ।
तिमी लाइ सम्झिदा
म कुनै परिलोक को कथा सुन्दै छु जस्तो लाग्छ।
मेरा अगाडि सधै फुल फुल्थ्यो। झरना झर्थयो। सिरसिरे हावा चल्दथ्यो।
धर्ति उडेर आकाश छुन्थ्यो म तिम्रो आँखा मा मेरो संन्सार देख्दथे।
म तिमी लाई सधै वर को रुख मा पर्खिरहेको हुन्थ्ये।
हामी विद्यालय जाने बाटो छलेर पर सिमल वन सम्म पुग्दथ्यौ।
तिमी बाघ आयौ भने, चितुवा आयो भने भन्थयौ। म साहस देखाएर भन्थे म छु नडराउ।
तिम्रो पछेउरी बाहेक अझ सम्म कुनै छाहरी खोजेको छैन।
घाम छल्ने तिमी पछेउरी। मेरो काध मा सिर राखी तिमी निदाउथ्यौ।
म तिमी गाला मा टासिएको केस हटाइदिथे। हावा चाल्दा तिम्रो केश मेरो मुख मा पर्यो म तानिदन्थे तिमी रिसाउथ्यौ।
तिम्रो घना बादल जस्तो केस।
तिमी पछेउरी लिएर भागदथ्यौ म पछेउरी संगै तिमी लाइ तानेर अंगालो मा बेर्दथे।
हाम्रो ज्यान एक हुन्थ्यो। तिमी छाती मा भुकम्प गए जस्तो गर्दथ्यै।
तिमी मुठ्ठी ले मेरो छाती मा हान्थेउ र कसोकसो गरि फुत्किन्थ्यौ अनि हास्दै भागदथ्यौ। म तिमी लाइ समान खोज्दथे।
तिमी भागदथ्यौ। तिमी छल्थेउ म लड्दथे। तिमी लाई समात्न खोज्दा म धेरै चोटि लड्दथे।
आज हेर
तिमी यसरी भाग्यै मैले भेट्न सम्म सकिन।
तर तिमी मेरो मन मस्तिस्कमा अझै दैडिरहेको छौ।
म उसै गरी तिमीलाई पिछा गरिरहेको छु।
तिम्रो अन्तिम शब्द अब मलाई बिर्सिदेउ!
मैले बिर्सिन सकेको छैन।
Ticker
🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸
Featured post
Subscribe to:
Post Comments (Atom)
-
*एक किलो कपास, भारी हुन्छ कि एक किलो फलाम? ल भन त फलाम। बराबर हुन्छ। ए! कुनै बेला यस्ता प्रस्न ले पनि जिल्लै पारिदिन्थयो। अनि, आज सोध्...
-
" She was beautiful, her Anarkali Kurtha " suited her. that's looked very elegant in black colour. all eyes in her. Aswin w...
-
सपना पधेरो जाँदा खरी ढुङ्गामा चिप्लिएर खेरा गएको कुसुमको गर्भ जडिया पोइले कोखै कोखमा भकुरेर तुहाइदिएको साइलीको गर्भ माया दैलोमा ठेस...
-
हेर।। तिम्रो वोली नसुनेको दिन म सुन्न नस्कने हु। अनि लाइ नदेखेको दिन केहि देख्नन नसक्ने तिमी ले नबोलाएको दिन त म बोल्न नसक्ने हुन्छु।। ...
No comments:
Post a Comment