Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

बादलहरु को देशमा

आज कयाम्पस सम्झिदा क्मकवानपुर बहुमुखी कयाम्पस सम्झन्छु,
 अङग्रेजी विषय पठाउने सर लाइ सम्झन्छु।
 शिव, मनि, सुसिल नबिन , प्रबिन सम्झनछु।
 कयाम्पस को प्रयाङगन सम्झन्छु र प्रयाङग मा विध्यार्थी को जमात सम्झन्छु। 
सयै केटी मध्य उन लाइ सम्झन्छु। 
उनको पुक्क परेको गाला सम्झन्छु, लजाउदा फुलेर गोलभेडा झै रातै भएको सम्झन्छु।
 एउटा उछिटिएको दात सम्झन्छु। उनी सगँ गरेका मिठा बातहरु सम्झन्छु। 

फर्केर हेर्दा जीन्दगीमा धेरै कुराहर्उ छुटे उनी म र पनि छुट्टयै तर चिया बगान मा छुटे जस्तो होइन।
 उनी र म गफ को सिलसिला मा कति गोरेटो कटेको पत्तै पाएनै।
 हरियो चिया बगान मा उनी रातो ज्याकेट र निलो प्यानट मा थिइन।
 उनी चिया को पात चुड्दै गर्दा, म तेसो नगर्न भन्थे मैले भनेर हो कि उनी झन उतपात मचाउन्थिन।
 उनि बेफिर्करी उफरिनथिन। म उनको हात समात्दथे, उनले मलाइ नै ३।४ चोटि त झन्डै लडाइन्न। सम्झनदथे, 
म बादलहरु को देस मा छु, हामी धर्ति मा होइन बादल मा खुट्टा टेकिरहेको छै। चिसो वतास ले मन रमान्चित बनाउद्थ्यो।
 हामी हुस्सु मा लुकीडुम खेल्दै थिएम, 
अगि को उधारिएको वातावरण झिन मै ढाकिदिदा दैवले नै हामी लाइ लुकाइदिए जस्तो लाग्यो।
 उनको गुलावी ओठ स्टाब्रेरी झै रसिलो देखिन्थ्यो, गाला मुस्ताङग को स्याउ जस्तो। नाक मा पिन टप, कान मा हल्लिरहने सेतो ह्येयर रिङग र गाजल पोतिएका आँखा रातो आइसेड ले नसा चडाउद्थ्यो।
 आखाँ झिमकाउदा दुइ परेली एक आपसमा जोडिन्थे म तसैमा अलझिन्थे।
 घाम ८ बजेँ सम्म उदाएन। अन्तु डाढा अर्थात् राइजिङग हिल गएका हामी बिबिस तेसरो बर्ष का बिध्यार्थी निरास भएम।
 नेपाल मा सबै भन्दा पहिले घाम उदाउने ठाँउ।
 तर म भने उत्साहित थिए हुस्सु ले गर्दा नै उनको समिम हुन पाएको थे एक छिन हामी दुबै हराएका पनि थिएम।
 तेस डाढा मा घाम नउदाए पनि उनि उदाएकी थिइन उनको मुहार झुल्किएको थियो।।।।। ----to continue---

No comments: