Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

नँया भट्टि पसल!

दिन भर को थकाइले मरेको सरिर लाइ तिन पानी छर्के पछि केहि बहुरिएको जस्तो हुन्छ। 
रमेस।।सिवम् सिमेन्ट कारखाना को एक मामुली मजदुर। घाम डुबे पछि पन्छिहरु मार्च पास गर्दै गुड तर्फ फर्किन्छन्। मन्दिर मा आरती को धव्नि गुनजिन्छ। 

तर सरासर उ सुसीला पसल हानिन्थो। पसल बाट केहि पोका चामल दाल मरमसाला किने पछि एक तुर्कि झोल चाखे पछि उ आफ्ने झुपडी तिर लाग्दथ्यो। उसको जहान स्वासनी र एक छोरी रमेश लाइ पर्खिरहेका हुन्छन्।

 सुसीला को सैन्दर्य को मात लाग्छ कि के जानु उसको रक्सि को। उ धुट्टुक एक सुरप पार्छ। 
सुसीला वर्णको बाटुलो अनुहार गालामा लाली पोतेकी घाटि मा उसको लोग्ने ले दिएको पोते लगाएकी र जिउ लागेर गजक्क परेकी थिइन। 
एक गिलास थपदिदै "लिनुस", भन्छे।
रक्सि को गन्ध र सुसीला को सरिर बाट उठेका वास्ना उ लठ्ठिन्छ। सुसीला सुनन। अ भनन् । सुसीला भट्टि मा आँउने प्रयाए सँग झरकेर बोल्छे। तर रमेश सँग मिठो बोल्छे। सधै तिमी भनेर बोलाउछे। 
आज किन ढिलो आयै भनेर रिसाउछे पनि। उसको पोइ बाट माया नपाएकि सुसीला, रमेस ले देखाउने स्नयपूण व्यवहार बाट प्रवाहित छे। 
साँझ मा भट्टि छिरेका जड्डियाहरु घरमा आफ्नी स्वासनी लाइ पनि सुसीला देख्दा हुन्।
रमेश पनि दुम्सी जस्ती स्वासनी लाइ सुसीला देख्दो हो। 
स्वासनी बिचरी घास दाउरा गर्दै दिन जान्छ। लाम्काने बा्ख्रा ४ वटा पालेकी छे। सेउला लिन जंगल जानै पर्यो। एउटा बाच्छी पनि बटैया पालेकी छे। पुन्टि छोरी को से्हार सुसार आदि घरधन्दा गर्दै मा दिन जान्छ। 
काम ले कहिले फुर्सत पाउछे र। सिरिङगार पटार के ले गर्छे। माटो हिलो। 

"मैले अस्ति भनेको खै जवाफ दिएको"। "भोली झिसमिसे मा सिस्ने वगर मा भेटम है त"। 

गाँउ मा सानी माया साउनी पोइला गएको ख़बर सुनिन्छ। रमेश को खोजि हुन्छ। रमेश ले सुसीला भगाउछ। उसले जहान सम्झेन। स्वासनी को माया लागेनछ तर छोरा पनि बिर्सेछ। 
सुसीला को सैन्दर्यता मा लड्डिएको रमेस उनले बनाएको जाड भन्दा जाड बनाउने हात चुमेर तृष्णा मेट्ने भयोछ।

केहि समय उन्तराल पछि गाउ मा नँया भट्टि पसल खुलेछ। 
पुतली भट्टि पसल। भट्टि मा भेटिने जडियाहरु जाड ले भन्दा पुतली को रुप ले मातिदा रैछन।
सर्लक जिउ परेकी काला चन्चल आँखा भएकी।

पुतली कुनै बेला रमेस को घर धानेर बस्थि। रमेस कि स्वासनी। वैस को वर्णन हुन्छ भने पुतलीको हुन्छ।
पुतली को भट्टि पुसल मा।।।।।

No comments: