Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

मन


मन लागेको चिज गर्न हुन्छ कि हुदैन। यति भन्दा मा कति चिज मन नलागि पनि गरिन्छ नि।
 उहिले मन नलागि नलागि कलेज गएको।। त्यो सारि नस्कनु एसाइमेन्ट।त्यो सधै हिडने बाटो। नबोल्न भन्न नसक्ने तर सुन्नु पर्ने गफ। कति कति। 
राति सुत्न पनि मन लागेन।।
 टिकटक को रिल ले दिक्क पारि सकेको हुन्छ। अनेक थरि को रिलले दिमाग रोटेपिङग हुन्छ कि। म फोन अफ गर्छु। डोयर बाट बुक झिक्छु हिराकरी जापनिज नोबेल। ५०  पृषट त पढि सकेको रहेछु । पाना दुइ पेज भन्दा अगि सर्दैन। मन लागेन।
 पढन पनि। किन यति बिग्न बोझ।
 थाकेको ज्यान खुरूक्क सुत्न जानु नि । साथि लाइ फोन। गर्न मन लागेन। एक्स लाइ स्टक भो गर्नै छैन। अब। अल्छि नलाग्ने भए १०,२० पुस अप गर्न हुन्थ्यो।
सोच्छु कति चिज यस्ता छन मन नलाग्ने तर नगरू सुख छ त।
 के हो मन लाग्ने चिज ।
 चुरोट सल्काउछु। यति हो मन लाग्ने। 
 मलाइ यति सजिलै निन्द्रा पनि लाग्दैन। 
मन नलाग्ने तर गर्नु पर्ने चिज। मन लाग्ने तर गर्न नस्कने चिज। मन पनि लाग्ने तर गर्न पनि सक्ने तर थाति राखेका चिज। कति कति ।
 यति बेला रात को ११ बजे यि यावत चिज का फिरेस्त बनाउन मन लाग्छ। तर एकै चोटि कुराहरू अाउछन। साउनको भेल बाढि जस्तो।
 मलाइ मन पर्ने चिजहरू मध्ये एक बल्ग पनि हो। अनेक थरि काम गरे पछि बल्ल यस्को पालो अाउछ। र रात को १२ बजे सम्म् ल्यापटप मा धोसेमुन्टो लगाको हुन्छु।
  यस्ता अनेक छन। गर्नु पर्ने तर गर्न नस्क्ने । गर्न मन नलाग्ने । गर्दा सक्ने तर फेरि थाति राख्ने गरिएका । 

मैले मन लाइ अचानोमा राखेर पनि हेरे ।
उस्को काख मा राखेर  पनि हेरे।
 तर मन कहि बस्न मानेन। 
उस्को मुस्कान मा पनि हराए
उस्को कप्टि रोदन पनि सुने 
तर मन कहि मानेन। 
मैले माया लगाएर पनि हेरे
धोका पाएर पनि हेरे 
तर पनि मन ले मानेन।। 
हरेक कोण बाट मन लाइ चियाएर हेरे । 
तर केहि पाउन सकिन। 
मन।।।

No comments: