Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

श्रावण २८

 झुट बोल्दैछ भने पनि कसैले

 सहजै स्वीकार्छ

सायद कुनै बेला धेरैचोटि झुटको सामना गरेर होला।


 साथी अचेल स्पष्टीकरण पनि सोध्दैन।

किन पर्खायै भनी भन्दैन।

सायद कसैले १० मिनेट भनेर २ घण्टा सम्म 

धेरै पल्ट पर्खाएर होला।


साथि किन तिमी प्रतिवाद गर्दैनौ।

Silent treatment भन्ने पनि हुन्छ नि सायद तेहि होला।


 धेरैले साथ छोडेर पनि होला

 अब

उस्लाई आफ्नै साथको चाहिएको छ। 


प्रियाले मन पराउँछे उसलाई थाहा छ

 तर ऊ मन पराउन सक्दैन 

सायद मायाको अन्त धेरै चोटि देखेर होला।

No comments: