Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

श्रावण २४

 गफैगफको सिलसिलामा  

उ चिया खान जाम भन्छ।

 यस्तो गर्मीमा? 

चिया खान नि के गर्मी के जाडो 

छेउको इरानी चिया पसल देखाउँदै जान आग्रह गर्छ। 

म सुने नसुने जस्तो गरी हिडछु। दुई पाइला अघि बढेसी पुन फर्किन्छु। उसको ढिपीले जित्छ। 

चुरोट त नखाम होला भन्छु तर चुरोट टेबल छेउमै हुन्छ। मैले मगाएकी उसले

 खैर चुरोट सल्किन्छ 

चिया रित्तिन्छ 

संगै मन पनि रितिन्छ।


 तिमीसँग घन्टौ गफ गर्ने साथी को हो त्यो?

 म शङ्काको दृष्टिले हेर्छु।

 मलाई हेरेर मुस्क्क मुस्कुराउँछ 

मुस्कुराउदा उसको गाला माथि उचालिन्छ। 

मेरो जस्तै 


उनलाई मेसेज मात्र गरेको थिए। उनी मेसेज सिन गर्दिन। सायद मोबाइल चलाकि छैन कि 

तर भेट्न भनेर हतारिँदै आउँछिन्। 

केस मिलाउँछिन् 

कर्के नजरले हेर्छिन्।

 त्यो उनको मलाई फसाउने कला हो।

 भन्छिन् हेर न तिमीलाई भेट्न भनेर घरमा ढाँटेर आए। तर तिमी भने मेरो वास्ता नै गर्दैनौँ। 

म वास्ता नगरु भन्छु

 तर उनी घण्टै गफ गरेर जान्छिन्।

 कति झुटा कुरा उनको 

तर उनको अघि भन्न सकिन।


तिमीलाई यसो गर उसो गर भनेर सधैँ अर्हाइरहने को हो त्यो?

मन त होइन 

मनोवाद यस्तै हुन्छ।



No comments: