Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

धोका

 ढलेको रुखको हाँगामा नी 

केही समय सम्म त पालुवा पलाउँछ नि

 तिमीले नोटिस गरेको छौ।

त्यस्तै त हो नि

 भाँचिएको मनमा माया पलाउनु 


 दोहोर्याएर माया लाउन सकिन्छ र

 उही व्यक्ति किन नहोस् 

सकिदैन नि। 


डोयर्स बाट चुरोट झिक्छु सल्काउन खोज्छु।

सधै चुरोट सल्काउने लाइटर नि बल्न छोड्छ


 हल्लाए पछि रितिएको लाइटर धिपधिप बल्छ। 

चुरोट सल्किन्छ

 मनमा उसको याद।


मान्छे एकपटक माया मा पर्ने हो

 पटकपटक त

 उही पुरानो माया भुलाउन मात्र हो। 

 अनि धोका पनि त एकपटक पाइन्छ र।

 पटकपटक त 

त्यो नि के धोका होर।


फेसबुक खोल्छु उसलाई पुनः अनव्लक गर्छु।

.

.

भर्खरै एउटी ले धोका दिई 


 तर पनि धोकेबाज फेरि उही लाग्छ।

 जो पाँच वर्ष पहिले छोडेकी थिई।



2 comments:

Anonymous said...

Aaaaa

Anonymous said...

aaaa