तिमीलाई लाग्छ होला
म बाँचेको संसार छुट्टै छ।
म कहाँ बाँचेको छु र
तिमीले सोच्छौ होला
नयाँ परिवेश नयाँ संसार
बल्झिने चोट त पुरानै छ।
मैले सास फेर्छु कि भनेर
नाडी छाम्ने धेरै छन्।
म हाँसेर जीउछु कि भनेर
स्त्रीलाई लाउने लान्छना धेरै छन्
के पुस माघमा ओईलाएको बाबरी फूल
चैत वैशाखमा फुल्नु हुन्न र
के एकचोटि चुडिएको सम्बन्ध
अर्को धागोले उन्नु हुन्नर।
माया लाउँदैमा म गलत भए
तिमी गलत भएनौ
नारी भएर फेरि बाँच्न
मैले अर्को जुनी लिनु पर्छ र।
No comments:
Post a Comment