Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

विपीन

 सरकारको कूटनीतिले नमानेको हमास 

आमाको मननीतिले पो मान्छ कि


 इजराइलको मिसाइलले जित्न नसकेको युद्ध

 बहिनीको करुणाले पो जित्न सक्छ कि


झुस्स दारी पातलो केटोले घामले साह्रै तिर्खायो

 पानी खाउन भनी बोलाउँदा


 (विपिन घर फर्कियो कि भनेर

 आमा आतिएर हेर्छिन्।)


दाई लाई सपना मा घर फर्केको देख्या थिए भनी 

बहिनी बिहानै आमालाई सुनाउँछिन् र रुन्छिन्।


साथी विपिन online आयो कि भनेर स्क्रोल गर्छन्

Hostile मा परेको विपीन, पुरा देश उस्को खबर को प्रतिक्षामा हुन्छ।


आमा! भनि बोलाएको त्यो अन्तिम क्षण, आमा त्यो भुईको माटो छुन चाहन्छिन।


बहिनी त्यही पुगेर नजिकैबाट एकपल्ट भएनी

 दाईलाई बोलाउन चाहन्छिन्। 

न दाइले सुनी पो हाल्छ कि!



No comments: