फेरि हाम्रो भेट भए
म तिम्लाई तिमी आउने बाटो भरि
मन बिछाएर बस्ने छैन।
तिमीलाई निमेष भर कुर्ने छैन।
तर संयोगले भेट भयो भने
तिमी मुस्कुराउँदा एक भित्तामाथि उचालिने तिम्रो गाला
चिमोट्ने छैन।
सेकेन् सेकेन् झिम्किरहने तिम्रो परेला मा पुन: अल्झिने छैन।
म निर्धक्क भएर तिम्रो बोलीमा
विश्वास गर्ने छैन।
तिमी फेरि भेट्न बोलाउँछौं भने
म लगाएको मन
कतै लुकाएर
रोपेको पिरती
निमोठेर
साचेको सपना
मारेर
गरेको विश्वास
तोडेर
आउनेछु।

No comments:
Post a Comment