तर ठेलठाल गरेर यादहरु पस्छन् मस्तिक भित्र
एक्लो हुनु र एक्लोपन हुनु कति फरक हुने रहेछ
भदौको झरीले पनि रुझाउन नसकेको मेरो मन
उनको सानै बोलीले रुझाउँछ।
र झरीसँगै बर्सन्छु म
पहिलो पटक पानी पर्दा आउने माटोको बासनाले
फुर्काएको मेरो मन
रातभर झरी परेर बिहान खुलेको त्यो निलो आकाशले
भरेको मेरो ऊर्जा
उनको मायाले सिन्चित गरेको यो उजाड जीवन
म भावनाले हो भरिएको मेरो मनको गाँठो।
यो झरीमा उनको सामु खोल्दैछु।
No comments:
Post a Comment