Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

श्रावण २७

 कहिले काहीँ चक्कर लाग्छ र पछि डाक्टरले बल्ड पेसर लो भएको हो भनी औषधि दिन्छ

अनि चक्कर नलागि बल्ड पेसर लो भएको कसरी थाँहा पाइन्छ त

तेस्तै नै त हो मान्छे को व्यवहार। सानो सानो कुरा बाट नै हो सजक हुने।

नहुदा नै त हो पछि धोका पाउने पनि।



अचेल कसैले मेरो मन दुखाउँछ भने पनि सहर्ष स्वीकार्ने गरेको छु।

 सिरसिर चलेको बतासले मन भित्रको पतझर उडाउँछ। मन आनन्दित हुन्छ।

हरेक साँझ ७ बजेपछि नरेफाट केही शान्त हुन्थ्यो। मनोहरा करिडोरमा चल्ने हावामा सुगन्ध त हुन्थेन तर शीतलता हुन्थ्यो।



 एकपल्ट कहिले हो सामरी बाट फर्किने क्रममा बाइक बिग्र्या थियो। स्टार्ट नहुने। नजिक ग्यारेज नि थिएन। पछि मलाई हेल्प गर्ने मान्छे अहिले एकदम मिल्ने साथी भएको छन्।

उस्को र मेरो रूचीका बिषय मा धेरै समानताहरू छन्।

बाईक बिग्रनु, समयमा काम मा नपुग्नु, अनि पछि एउटा मान्छे भेटिनु, साथी बन्नु। यस्तै त हो। 

अनि लाग्छ भगवानले समस्या पनि दिनुपर्ने रहेछ।


म लोकन्थलीको पानीधारा पुगेको पत्तै भएन।

दिक्क मानेर रुमबाट फ्रेस हुन निस्केको म अब हिडाईको धपेडीमा पर्ने भईयो। फेरि २० मिनेट लाग्छ फर्कन पनि।


1 comment:

Anonymous said...

Nice