भदै २९

 

तिमी कँहा गाको थियै भन न। उनले मन भित्र को गाठो बिस्तारी


खोल्दै भनिन।


म कँहा जान सक्छु र यहि कतै। धेरै पर सम्म गए तेहि पार्क हो।


अनि यतिका दिन याद गरेनै। उनी बोल्दा यसरी बोल्छिन सायद यस पछि उ सँग बोल्ने उ सँग शब्द रितिएको छ।


याद गर्नु भनेको पाइथागोरस को थेउरी होर । तिमी त यसै हुन्छै। म सँग। सिमल बोट बाट हावा चल्छ तर महसुस तिम्रो हुन्छ। बेसी मेला बाट झर्दा थाकेर हैरान हुदा तर पनि थकाइ मेटिने भन्जाङको चैतारी तिम्रो याद हुन्छ।


उनी केस मिलाउन दुबै हात ले केस सोहरेर जुरो पार्छिन। र भन्छिन। पछाडि फर्किएर । ल यो किलिप लगाइदेउत। खेत मा पाइने सानो गगटो जत्रो किलिप।


माया गर्न विचार मिल्नु पर्छर। के भन्छै तिमी।


म के भनु माया भनेको बर्खामास मा अएको भेल पनि हो। खडेरीले चिरा चिरा पारेको गैरी खेत पनि हो। उनि यस्तो कुरा सायदै बुझछिन।


 


                       

Comments

Popular posts from this blog

जीन्दगी...!

कति चाँडै बित्दछ समय

कुराहरू ।