हरेक बिहान म सुनौलो बिहानीको प्रतिक्षामा उठ्दछु।
तर पारी सिमल भन्ज्याङ बाट घाम कहिले उदाउँदैन।
तुवालोले ढाकिरहन्छ
राति नै फुलेर हरेक बिहान मेरो आँगनमा झरेको पारिजातको फूल
झरेर भएनी सुवास दिईरहन्छ।
घामको पहिलो किरणले करेसा बारीको दुबोमा हिराझैँ टल्किएको
सितको थोपा बिलाउँदै गएको
हरेक दिनको सुरुवात हन्छ
हरेक साँझ बाटो मुनिको खोल्सामा जुनकिरीको पिलपिल बत्ती
साँझ छिपिँदै जाँदा निब्दै गएको
त्यो अन्कन्टार रात मा
मेरो जीन्दगी।।।

No comments:
Post a Comment